प्रदेश
खुल्यो एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम
काठमाडौं, कार्तिक २५ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्ने/भराउनेबारे सूचना निकालेको हो । कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका […]
पूरा पढ्नुहोस्
दोस्रो ठूलो चाड तिहार अन्तर्गत, आज काग तिहार
काठमाडौं, कार्तिक २५ हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज काग तिहार मनाइँदैछ । यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ । सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ ।
पूरा पढ्नुहोस्
आंशिकदेखि सामान्य बदली भइरहेको : मौसम पूर्वानुमान
काठमाडौं, कार्तिक २५ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ। साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। रातिको समयमा […]
पूरा पढ्नुहोस्
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदका लागि झन्डै ४ सय कर्मचारी (सूचनासहित)
काठमाडौं, कार्तिक २४ नेपाल विद्युत् प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारी मागेको छ। आज (शुक्रबार) सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो। प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ। ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, […]
पूरा पढ्नुहोस्
भारतबाट आयो भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री
काठमाडौं, कार्तिक २४ जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि भारतले तेस्रो चरणको राहत सामग्री पठाएको छ । राहत सामग्री ल्याएको भारतीय जहाज हिजो बिहीबार नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो । जहाजमा स्लिपिङ ब्याग, ब्ल्यांकेट, टेन्ट, औषधिलगायतका सामग्री रहेका छन् । भारतीय वायुसेनाको विशेष विमानले आइतबार ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री ल्याएको थियो […]
पूरा पढ्नुहोस्
बिहीबार शेयर बजार दोहोरो अंकले गिरावट
काठमाडौं, कार्तिक २४ हिजो बिहीबार शेयर बजार घटेको छ । पछिल्ला तीन दिन लगातार सामान्य अंकले सुधारिएको बजार हिजो बिहीबार ११ अंकले ओरालो लागेको हो । बजार परिसूचक नेप्से बिहीबार १८ सय ५२ मा थामिएको छ । बिहीबार ५७ वटा कम्पनीको शेयर मूल्य बढ्दा १ सय ७५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बिहीबार सबै […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, कार्तिक २४ देशको पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशको सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी […]
पूरा पढ्नुहोस्
चितवनका राजनीतिक दलका प्रमुखहरुसंग समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न
चितवन, कार्तिक २३ उद्योग वाणिज्य संघ–चितवनको बैठक कक्षमा आज समसामयिक विषयमा चितवनका राजनैतिक दलका प्रमुखहरु संग उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले बर्तमान आर्थिक मन्दी, पूर्वाधार निर्माणमा भएको ढिला सुस्ती, यातायातका साधनहरुको पहुंच र व्यवस्थापन, व्यवसायीक अवस्थाको वारेमा सबै राजनितिक दलरुहको ध्यानाकर्षण गराउनु भएको हो । […]
पूरा पढ्नुहोस्
चितवनका चार जना कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित
चितवन, कार्तिक २३ राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट कृषि ज्ञान केन्द्र चितवनद्वारा हिजो बुधबार चार जना कृषक सम्मानित हुनुभएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा पशुपंछी विकास मन्त्रालय बागमती प्रदेशका कृषि सचिव राजेन्द्र कोइराला प्रमुख अतिथिको रूपमा रहनुभएको थियो । कार्यक्रममा कृषकहरु रतिमाया गुरुङ, शिवलाल कंडेल, […]
पूरा पढ्नुहोस्
यी तीन प्रदेशमा आज हिमपात : मौसम पूर्वानुमान
काठमाडौं, कार्तिक २३ अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारबाँकी भूभागको मौसम सामान्यतया सफा छ। दिउँसो देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई […]
पूरा पढ्नुहोस्




