Wednesday, October 21

प्रदेश

भूकम्पपीडितको सहयोगार्थ आइएसएमटी कलेजद्धारा पाँच लाख रुपैयाँ उपलब्ध गराउने

चितवन, कार्तिक २२ आइएसएमटी कलेजले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावितलाई ५ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराउने निर्णय गरेको हो । कलेजले उक्त भूकम्पमा परी मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो […]

पूरा पढ्नुहोस्

उड्डयन प्राधिकरणद्वारा भूकम्पपीडितका लागि रु एक करोड प्रदान

काठमाडौं, कार्तिक २२ जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ। प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण […]

पूरा पढ्नुहोस्

राजनीतिक व्यवस्था जोगाउन एकता आवश्यक : अध्यक्ष नेपाल

काठमाडौं, कार्तिक २२ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरुका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । मंगलबार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरुका बीचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको हो ।

पूरा पढ्नुहोस्

आज दिउँसो एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, कार्तिक २२ नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल ललितपुरमा दिउँसो पौन १ बजे बैठक बस्ने पार्टीका प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ।

पूरा पढ्नुहोस्

बंगलादेशद्वारा श्रीलंका ३ विकेटले पराजित : विश्वकप क्रिकेट

काठमाडौं, कार्तिक २२ भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हराएको छ । दिल्लीमा टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय ७९ रन बनायो । उसका लागि चरिथ असलंकाले १ सय ८ रन जोड्दा बंगलादेशका हसन सकिबले तीन विकेट लिए ।

पूरा पढ्नुहोस्

यी स्थानमा आज सामान्य वर्षा र हल्का हिमपातको सम्भावना

काठमाडौं, कार्तिक २२ देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भागको अहिले मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाका अनुसार आज राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको […]

पूरा पढ्नुहोस्

भूकम्प प्रभावितलाई एकीकृत समाजवादीले २५ लाख सहयोग गर्ने

काठमाडौं, कार्तिक २१  नेकपा(एकीकृत समाजवादी)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमबार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवालयको बैठकले केही दिन अघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुर महानगरपालिकाद्वारा तिहार लक्षित नारायणगढ बजार अनुगमन सुरु

चितवन, कार्तिक २१ भरतपुर महानगरपालिकाले तिहारलक्षित बजार अनुगमन सुरु गरेको छ । भरतपुर महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले हिजो देखि तिहारलक्षित बजार अनुगमन सुरु गरेको हो । हिजो सोमबारको अनुगमनमा नारायणगढका केही मिठाइँ पसलहरु भने गुणस्तरहिन र दुर्गन्धित रहेको पाइएको हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ । ती पसलहरुलाई सरसफाइँमा ध्यान दिन, […]

पूरा पढ्नुहोस्

आज राष्ट्रपति पौडेल भूकम्पप्रभावित क्षेत्र जाने

काठमाडौं, कार्तिक २१ राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै हुनुहन्छ । राष्ट्रपति पौडेल भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न आज बिहान सवा १० बजे त्यस क्षेत्रमा जान लाग्नुभएको उहाँका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो । उहाँले आफ्नो युरोप भ्रमण स्थगित गरेर त्यसतर्फ जान लाग्नुभएको हो । राष्ट्रपति पौडेलले मुलकुमा विपत्ति परेका […]

पूरा पढ्नुहोस्

वाईफाई नेपाल प्रा.लिद्वारा चितवनमा सस्तोमा ईन्टरनेट सेवा विस्तार

चितवन, कार्तिक २० ईन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले चितवनमा सेवा शुभारम्भ गरेको छ । हिजो आईतबार भरतपुरमा पत्रकार सम्मेलन गरी चितवन जिल्लामा सेवा शुरु गरिएको जानकारी दिएको हो । कम्पनीले बिशेषगरी घरायसी सेवाग्राहीलाई लक्षित गरी सेवा शुरु गरिएको जनाएको छ । कार्यक्रममा कम्पनी प्रमुख प्राविधिक अधिकृत सुचित पौडेलले तीन चार महिनाको सफल परीक्षण पश्चात […]

पूरा पढ्नुहोस्