प्रदेश
अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा
दाङ, बैशाख १६ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पार्नुभयो । यस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा पहिले नै हातहातमा […]
पूरा पढ्नुहोस्
सीता जयन्तीको कार्यवाहक राष्ट्रपतिद्वारा शुभकामना
काठमाडौं, बैशाख १६ कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पूत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनुभएको छ । सीता जयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले माता सीतालाई धैर्य, सहनशीलता र उदारताकी प्रतिमूर्तिका रूपमा लिइने जनाउनुभएको छ । उहाँले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन […]
पूरा पढ्नुहोस्
मध्यरातिदेखि संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य
काठमाडौं, बैशाख १६ संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम […]
पूरा पढ्नुहोस्
चितवनका दुई सामुदायिक विद्यालयका १२० विद्यार्थीले पाए छात्रवृत्ति
चितवन, बैशाख १५ युवा व्यवसायीको सामाजिक संस्था राउण्ड टेबल, नेपालद्धारा चितवनका दुई सामुदायिक विद्यालयकालाई ७ लाख बढीको चेक हस्तान्तरण गरिएको छ । राउण्ड टेबल नेपाल -१४ , नारायणगढद्धारा भरतपुरमा आयोजित कार्यक्रममा नारायणी नमुना माविलाई ५ लाख ५३ हजार र बालकुमारी मावि नारायणगढलाई १ लाख ६४ हजार ५४० रुपैंयाको चेक रकम हस्तान्तरण गरिएको हो । यस […]
पूरा पढ्नुहोस्
घण्टीको सामना गर्न राप्रपा सक्षम छ : पशुपति समशेर जबरा
काठमाडौं, बैशाख १५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपति समशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी […]
पूरा पढ्नुहोस्
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाडौं, बैशाख १५ संघीय संसदको दुवै सदनका बैठक आज शुक्रबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो ४ः०१ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
मुख्यमन्त्री पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदै
पोखरा, बैशाख १५ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदै हुनुहुन्छ । नेकपा माओवादी लगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपराह्न १२ः०० बजे पद तथा गोपनीयताका शपथ लिन लाग्नुभएको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँको पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।
पूरा पढ्नुहोस्
छुट्टाछुट्टै समयमा बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प
बाजुरा, बैशाख १५ बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र […]
पूरा पढ्नुहोस्
आज चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं, बैशाख १५ गण्डकी, कर्णाली र सुदूरपश्चिम, प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा शुक्रबार मेघजर्गन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले वर्षाको सम्भावना छ। विशेषगरी देशका पहाडी भेगमा मेघजर्गन र चट्याङसहित वर्षाको सम्भावना छ भने मध्य र पश्चिम तराईका एक–दुई स्थानमा […]
पूरा पढ्नुहोस्
कोभिड १९ का कारण देशमा ६३ प्रतिशत उद्योग वन्द : तथ्याङ्क कार्यालय
चितवन, बैशाख १४ कोभिड १९ का कारण चार महिना गरिएको लकडाउनका क्रममा ६३ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएका छन् । नेपालमा सञ्चालनमा आएका धेरै उद्योगहरु प्रभावित भएको तथ्याङ्कले देखाएको छ । यस अबधिमा २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिक रुपमा सञ्चालनमा रहेको र १३ प्रतिशत उद्योग पूर्ण रुपमा सञ्चालनमा रहेका तथ्याङ्कले देखाएको छ । राष्ट्रिय […]
पूरा पढ्नुहोस्




