Sunday, October 11

प्रदेश

आजदेखि रसुवागढी नाका पुनः सञ्चालन

रसुवा, चैत्र १८ कोभिड–१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको छ । नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्कनुभएका सचिव मरासिनीका साथै […]

पूरा पढ्नुहोस्

भोलि कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, चैत्र १८ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार सूचना जारी गरी आइतबार बिहान १० बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिर्नुभयो । सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको हो। बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा कसलाई पठाउने भन्ने […]

पूरा पढ्नुहोस्

यही चैत ८ गतेबाट भरतपुर ११ कमलादेवी मन्दिरमा भएको महायज्ञ सम्पन्न

चितवन, चैत्र १८ भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित कमलादेवी मन्दिर परिसरमा भएको नवदिवसीय श्रीमददेवीभागवत् नवाह महायज्ञ सम्पन्न भएको छ । यही चैत ८ गतेबाट शुरु भएको महायज्ञ गत विहिबार नेकपा माओबादी केन्द्र बाग्मती प्रदेश सदस्य सुमन सापकोटाद्वारा समापन भएको हो । १०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्ने, आवश्यकता अनुसार […]

पूरा पढ्नुहोस्

जुत्ता, चप्पल मेलाको समापन , प्रदर्शनी भने आज सम्म चल्ने

भरतपुर, चैत्र १८ चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा फागुन १७ गतेदेखि चैत्र १७ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवद्र्धन मेला २०७९” को एक कार्यक्रमका बीच समापन गरिएको छ । कार्यक्रम हिजो समापन भएता पनि ग्राहकहरुको मागलाई मध्यनजर गर्दै प्रदर्शनी भने चैत १८ गते आज […]

पूरा पढ्नुहोस्

आजदेखि गैँडाकोट दोस्रो मेयरकप नगरस्तरीय फुटवल प्रतियोगिता सुरु हुँदै

गैँडाकोट, चैत्र १८ आजदेखि नवलपुरको गैँडाकोटमा “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ  गैँडाकोट दोस्रो मेयरकप नगरस्तरीय फुटवल प्रतियोगिता हुदैछ। गैँडाकोट खेलकुद समितिको आयोजनामा आजदेखि सुरु हुने प्रतियोगिता चैत्र २५ गतेसम्म चल्ने आयोजक गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । गैँडाकोट क्षेत्रीय रंगशालाको खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विहान ८ वजे […]

पूरा पढ्नुहोस्

मुलुक परिवर्तन गर्न पत्रकारिताको ठूलो योगदान छ : मन्त्री शर्मा

काठमाडाैं, चैत्र १८ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको परिवर्तन, संविधान निर्माणलगायत सबै आन्दोलनमा पत्रकारिताको छुट्टै भूमिका रहेको बताउनुभएको छ । उहाँले पत्रकारिताको अबको भूमिका फरक रहने भन्दै भूमिका परिवर्तन गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासङ्घको आयोजनामा  बुद्ध जन्मस्थल लुम्बिनीमा भएको राष्ट्रिय मिडिया सम्मेलन–२०७९ को उद्घाटन गर्दै मन्त्री शर्माले अबका दिनमा भएका परिवर्तनले […]

पूरा पढ्नुहोस्

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

काठमाडौं, चैत्र १७ नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास, अशोककुमार राई शिक्षा, शरदसिंह भण्डारी […]

पूरा पढ्नुहोस्

तनहुँ र बारामा २६ दल दर्ता : निर्वाचन आयोग

काठमाडाैं, चैत्र १७ निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन् । उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने […]

पूरा पढ्नुहोस्

कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल

काठमाडौं, चैत्र १७ नेपाली कांग्रेसले सरकारमा जाने ४ जना मन्त्रीहरुको नाम लगभग फाइनल गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याउनु भएकाे हाे । कांग्रेसले ८ मन्त्रालय पाएको छ । जसअनुसार अर्थमन्त्रीमा प्रकाशशरण महत, यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्न लाग्नु […]

पूरा पढ्नुहोस्

भरतपुर अस्पताल क्षेत्रमा गुट्खा निषेध

चितवन, चैत्र १७ चितवनमा रहेको भरतपुर अस्पतालमा गुट्खा निषेध गरिएको छ । अस्पतालले  एक सूचना जारी गर्दै अस्पताल परिसरमा धुम्रपान तथा मद्यपान निषेधित क्षेत्र भएको भन्दै गुट्खा,चुरोट,पराग विडी खैनी जस्ता सूर्तिजन्य पदार्थ तथा मादक पदार्थ सेवन गरेको पाइएमा कारवाही गर्ने जनाएको हो । भरतपुर अस्पताल प्रशासनले सेवन गरेको पाइएमा १ हजार र बिक्री वितरण गरेको […]

पूरा पढ्नुहोस्