Sunday, October 11

प्रदेश

विभिन्न कार्यक्रम गरी चितवनमा क्षयरोग दिवस मनाईयो (फोटोफिचर)

प्रदिप परियार चितवन, चैत्र १० चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरि १४१औँ विश्व क्षयरोग दिवस  मनाईएको छ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ !’ भन्ने मूल नाराकासाथ चितवनको भरतपुर र सौराहामा  क्षयरोग दिवसको अवसरमा  विभिन्न जनचेतनामुलक कार्यक्रम गरिएको हो  । दिवसको अवसरमा हिजो (बिहीबार)  साँझ नारायणगढ बजार क्षेत्रमा साइकल र्‍याली र नारायणगढकै क्षयरोग निवारण संस्थामा क्षयरोग […]

पूरा पढ्नुहोस्

आज मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिँदै

काठमाडौं,  चैत्र १० बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । गत बुधवार विश्वासको मत लिने तयारी गरिएपनि नेपाली कांग्रेस सांसदहरु अनुपस्थित हुने भएपछि बैठक सारिएको थियो ।पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), […]

पूरा पढ्नुहोस्

एएफसी यू-२० महिला एसियन कप : नेपाल दोस्रो चरणको समूह ‘बी’ मा

काठमाडौं, चैत्र १० एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा चीन, म्यानमार र चाइनिज ताइपेईसँगै नेपाल परेको एएफसीले जनाएको छ । हिजो बिहीबार सार्वजनिक गरेको दोस्रो चरणको छनोट ड्र’ अनुसार गरिएको हो । छनोटको दोस्रो चरण आउँदो जुन ३ देखि ११ तारिखसम्म हुनेछ । […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

काठमाडौँ, चैत्र १० त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ । त्रिविबाट प्राप्त विवरण अनुसार अनेरास्ववियु १९, नेपाल विद्यार्थी सङ्घ […]

पूरा पढ्नुहोस्

जनगणनाको पूर्ण विवरण आज

काठमाडौँ, चैत्र १० राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्नुहुने सो कार्यालयले जनाएको छ । २०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक […]

पूरा पढ्नुहोस्

विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, चैत्र ९ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताउनुभएको छ । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय सङ्गठन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्त रूपमा आज राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राख्नुभयो […]

पूरा पढ्नुहोस्

बैंकका कर्मचारीहरूकाे २०८० सालमा ३५ दिन बिदा : नेपाल राष्ट्र बैक

काठमाडौं, चैत्र ९ बैंकका कर्मचारीहरूले २०८० सालमा  ३५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैकले २०८० सालमा वैशाखदेखि चैतसम्मका लागि बैंक बिदा हुने सूची सार्वजनिक गरे अनुसार ३५ दिन पाउने भएका हुन् । नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन बैंक तथा वित्तीय संस्था पूर्ण रूपमा बन्द हुने राष्ट्र बैंकले जनाएको छ । […]

पूरा पढ्नुहोस्

आर्थिक अवस्थाबारे चिन्तित छु : राष्ट्रपति पौडेल

काठमाडौं, चैत्र ९ राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा राष्ट्रपतिले यस्तो चिन्ता व्यक्त गर्नुभयो । कमर्शको टोलीले राष्ट्रपति पौडेललाई बधाई दिन राष्ट्रपतिनिवास पुगेको थियो। उक्त टोलीमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारी हुनुहुन्थ्यो । जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट […]

पूरा पढ्नुहोस्

दिउँसो लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, चैत्र ९ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन, सरकारमा सहभागिता र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

पूरा पढ्नुहोस्

आलोपालो मुख्यमन्त्री लिने शर्तमा कांग्रेसले विश्वासको मत दिने

काठमाडौं, चैत्र ९ नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलको काठमाडौंमा बसेको बैठकले चैत १० गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिनुभयो । बागमती प्रदेशको ठूलो दल कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने पार्टी […]

पूरा पढ्नुहोस्