Sunday, October 11

प्रदेश

चैत १३ देखि माडीको गोद्धकमा राम चरित्र कथा यज्ञ हुने

चितवन , चैत्र १ धार्मिक एवं पुरातात्विक महत्व बोकेको चितवनको माडी–१ स्थित गोद्धकमा यसपटक भव्य गोद्धक राम चरित्रकथा यज्ञ हुने भएको छ । मेलास्थल गोद्धकमा  आयोजना गरिएको पत्रकार सम्मेलनमा गोद्धक क्षेत्र विकास समितिका अध्यक्ष  तुल्सिङ गुरुङले चैत्र १३ गतेदेखी १७ गतेसम्म ५ दिनसम्म भव्यरुपमा  यज्ञ हुने बताउनुभयो । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, […]

पूरा पढ्नुहोस्

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं ,चैत्र १ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। बैठक आज विहान ११ बजे बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ । बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता लगायत विषयमा छलफल हुने छ ।

पूरा पढ्नुहोस्

विपक्षी दलको मान्यता माग गर्दै एमालेको पत्र

काठमाडौं ,फागुन ३० नेकपा एमालेले विपक्षी दलको मान्यता माग गर्दै संघीय संसद सचिवालयलाई पत्र लेखेको छ। महासचिव शंकर पोखरेलले संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सम्बोधन गर्दै विपक्षी दलको मान्यता दिन माग गर्नुभएको छ । सचिवालयका प्रवक्ता एकराम गिरीले विपक्षी दलको मान्यता दिन आग्रह गर्दै पत्र आएको पुष्टि गर्नुभएको हो । ‘महासचिवज्यूलाई सम्बोधन गरेर […]

पूरा पढ्नुहोस्

आज रातिदेखि प्रचारप्रसार निषेध : निर्वाचन आयोग

काठमाडौं ,फागुन ३० निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि आज मंगलबार राति १२ बजेदेखि प्रचार प्रसार गर्न निषेध गरेको छ । मंगलबार राति १२ बजेदेखि मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार प्रसार निषेध गरिएको हो । मतदान चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, […]

पूरा पढ्नुहोस्

चीनको नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई

काठमाडौँ ,फागुन ३० नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ ।

पूरा पढ्नुहोस्

संवैधानिक पदमा राजनीतिक दलहरुको सन्तुलन मिलेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं ,फागुन ३० संवैधानिक पदहरुमा राजनीतिक दलहरुको शक्ति सन्तुलन मिलेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ । हिजो (सोमबार) नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको संवैधानिक पदहरुमा राजनीतिक दलहरुको शक्ति सन्तुलन मिलेकोमा आफू खुशी भएको बताउनुभएको हो । उहाँले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका […]

पूरा पढ्नुहोस्

चैत ८ गतेदेखि प्रधानमन्त्री कप हुने

काठमाडौं ,फागुन ३० प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता यही चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री कप फुटबल प्रतियोगितामा नेपालसहित, भुटान र लाओस सम्मिलित हुने जनाएको छ । दशरथ रंगशालामा सिंगल राउण्ड रोबिन आधारमा खेलेर उत्कृट २ टोलीबीच १७ गते फाइनल खेल हुने […]

पूरा पढ्नुहोस्

भारतीय राष्ट्रपतिको राष्ट्रपति पौडेललाई बधाई

काठमाडाैं ,फागुन २९ नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गर्नुभएको छ । आज पद तथा गोपनीयताको शपथ लिनुभएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त हुनुभएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको हो । सो पत्रमा उहाँले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै […]

पूरा पढ्नुहोस्

स्थानीय र प्रदेश तहको पनि संलग्नता गराउनुपर्छ : सांसद प्रदीप पौडेल

काठमाडौं ,फागुन २९ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहलाई पनि संलग्न गराउनुपर्ने बताउनुभएको छ । सोमबार नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहको पनि संलग्नता हुनुपर्ने बताउनुभएको हो । उहाँले स्थानीय तहको सिफारिसको […]

पूरा पढ्नुहोस्

आज नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिंदै

काठमाडौं ,फागुन २९ नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनु हुने भएकाे छ । साेमबार दिउँसाे १ बजे पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु हुने भएकाे हाे । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानून बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिनुपर्ने […]

पूरा पढ्नुहोस्