प्रदेश
तराई मधेसका जिल्लाहरुमा आज होली पर्व मनाइँदै
काठमाडौं ,फागुन २३ फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ । यस पर्वको अवसरमा आज मधेसका […]
पूरा पढ्नुहोस्
मतदान केन्द्र बन्द नभएसम्म आजदेखि प्रचारप्रसारमा निषेध : राष्ट्रपति निर्वाचन
काठमाडौं ,फागुन २३ निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि प्रचार प्रसार गर्न निषेध गरेको छ । सोमबार रातिदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार प्रसार निषेध गरिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइने छैन […]
पूरा पढ्नुहोस्
४२ रनले युएईलाई हराउँदै नेपाल विजयी : आईसीसी लिग–२
काठमाडौं ,फागुन २२ युएईमा भइरहेको विश्वकप छनोटको लिग-२ अन्तर्गतको त्रिकोणिय शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु युएईलाई ४२ रनले पराजित गरेको छ। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले घरेलु टोली युएईमाथि ४२ रनको सानदार जित हात पारेको हो । जितसँगै नेपाल युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग २ मा पाँचौं स्थानमा उक्लिएको छ […]
पूरा पढ्नुहोस्
एमालेले सांसदलाई दियो राष्ट्रपति निर्वाचनका विषयमा प्रशिक्षण
काठमाडौं ,फागुन २२ नेकपा एमालेले राष्ट्रपति पदको निर्वाचनका विषयमा आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले सोमबार तीन दिनपछिको राष्ट्रपतिको निर्वाचनको लागि आफ्नो पार्टीका प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रशिक्षण दिएको हो । राष्ट्रपति निर्वाचनको लागि मौन अवधि सुरु हुनु केही घण्टा अघि एमालेले आफ्ना संघीय र प्रदेश सांसदलाई राष्ट्रपति निर्वाचनबारे […]
पूरा पढ्नुहोस्
लघुवित्तका समस्या समाधानका लागि अध्ययन समिति गठन
काठमाडौं ,फागुन २२ नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका समस्याहरुको पहिचान गरी समाधान खोज्न अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाश श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाएको हो । समितिमा दुई जना स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक […]
पूरा पढ्नुहोस्
आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै : आईसीसी क्रिकेट विश्वकप लिग-२
काठमाडौं, फागुन २२ आईसीसी क्रिकेट विश्वकप लिग-२ मा सोमबार नेपालले युएईको सामना गर्ने भएको छ । युएईको दुबईमा जारी पपुवा न्युगिनीसहितको त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा सोमबार नेपालले घरेलु टोली युएईको सामना गर्न लागेको हो । दुबई स्पोर्ट्स सिटीमा नेपाली समय अनुसार सोमबार बिहान पौने १२ बजे यो खेल सुरु हुने भएको छ । […]
पूरा पढ्नुहोस्
मौन अवधि आज मध्यरातदेखि सुरु : राष्ट्रपति निर्वाचन
काठमाडौं , फागुन २२ राष्ट्रपति निर्वाचनअन्तर्गत सोमबार राति १२ बजे मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगले विज्ञप्ति जारी गरी सोमबार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न नपाइने जनाएको हो। ‘मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ’, आयोगका प्रवक्ता […]
पूरा पढ्नुहोस्
हाेली पर्वकाे अवसरमा आज राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको शुभकामना
काठमाडौँ , फागुन २२ फागुपूर्णिमा अर्थात होली पर्व साेमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एक-आपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व साेमबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेकाे हाे । साेही पर्वका अवसरमा साेमबार काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले […]
पूरा पढ्नुहोस्
संविधान र गणतन्त्रको रक्षाका लागि एकजुट हुने ९ दलको निर्णय (विज्ञप्ति सहित)
काठमाडौं , फागुन २२ सत्ता साझेदार दलको नयाँ गठबन्धनले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले संविधान रक्षाका लागि एकजुट भएर अघि बढ्ने निर्णय गरेको हाे। जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म तथा भावना विपरित काम भएको […]
पूरा पढ्नुहोस्
चैत्र १ गतेसम्म गैँडाकोटमा सञ्चालन हुने व्यापार महोत्सव २०७९ आजदेखि सुरु
नवलपुर ,फागुन २१ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार महोत्सव २०७९’ सुरु भएको छ । आजदेखि सुरु भएको व्यापार मेलाको नेपाली कांग्रेसका नेता एवं यसै क्षेत्रका सङ्घीय सांसद प्राडा शशांक कोइरालाले उद्घाटन गर्नुभएकाे छ । मेलाको उद्घाटन गर्दै नेता कोइरालाले आफू कृषिमन्त्री भएको अवस्थामा कृषिमा ठूलै परिवर्तन ल्याउन सक्ने […]
पूरा पढ्नुहोस्




