प्रदेश
श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउँछ :कांग्रेस नेता पौडेल
काठमाडौं ,फागुन २१ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताउनुभएको छ । आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताउनुभएको हो । उहाँले राष्ट्रलाई अगाडी बढाउनका लागि […]
पूरा पढ्नुहोस्
आगामी वैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा
काठमाडौं ,फागुन २१ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ । जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।
पूरा पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडक आजबाट दिउँसो पनि खुल्ने
काठमाडौं , फागुन २१ पुल निर्माणका लागि भित्ता काट्न भन्दै दिउँसोमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबारबाट दिउँसोको समयमा पनि चालु रहने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले भित्तो काट्ने काम अब अन्तिम चरणमा पुगेकाले सडक अवरुद्ध गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । सो सडकमा पाँच वटा पुल […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री शाहले पाए विश्वासको मत
काठमाडौं ,फागुन २१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएकाे छ । मुख्यमन्त्री शाहलाई आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका छन्। सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको […]
पूरा पढ्नुहोस्
दिउँसो ८ दलको बैठक बालुवाटारमा बस्दै
काठमाडौं ,फागुन २१ आज राष्ट्रपति निर्वाचनमा एकजुट भएका आठ दलको बैठक बस्दै छ। पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बोलाएको हो। बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उपराष्ट्रपति जनता समाजवादी पार्टीले पाउने सहमति गरेका दलहरुले उम्मेदवारको नाम टुंगो लगाउने जनाइएको छ। […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने
काठमाडौं ,फागुन २१ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गर्नुभएको हो । विश्वासको मतका लागि उहाँले शुक्रबार साँझ सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएर जानकारी गराउनुभएको थियो । यसअघि गठबन्धनबाट नेकपा (एमाले) का राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा […]
पूरा पढ्नुहोस्
मतदाता नामावली आज प्रकाशन हुने : स्ववीयु निर्वाचन
काठमाडौं ,फागुन २१ आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका अनुसार आज मतदाताको सूची प्रकाशन गरिँदैछ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज मतदाता सूची प्रकाशन गरिने भएको हो। यसअघि चुनावमा भाग लिने विद्यार्थी संगठनहरुको दर्ता गर्ने काम भएको थियो। आज प्रकाशित हुने मतदाताको सूचीमा फागुन २५ गते […]
पूरा पढ्नुहोस्
खाली हुने सबै निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने :निर्वाचन आयोग
काठमाडौं ,फागुन २१ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ। फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ। त्यहाँ उपनिर्वाचन गर्नुपर्छ। चितवन २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ। […]
पूरा पढ्नुहोस्
सत्तारुढ दलका विद्यार्थीबीच स्ववियु निर्वाचनमा सहकार्य
काठमाडाैं , फागुन २० त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन् । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका सत्तारुढ गठबन्धन दलका भातृसङ्गठनबीच सहकार्य गरेर जाने सहमति भएको अनेरास्वयिु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले जानकारी दिनुभयो […]
पूरा पढ्नुहोस्
भोलिदेखि चैत्र १ गतेसम्म गैँडाकोटमा सञ्चालन हुने व्यापार महोत्सव २०७९ को तयारी पुरा
नवलपुर ,फागुन २० नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा आइतबारदेखि सुरु हुने ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार महोत्सव २०७९’ को सम्पुर्ण तयारी पूरा भएकोे छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा भोलिदेखि चैत १ गतेसम्म महोत्सव आयोजना हुन लागेको हो । महोत्सवबारे जानकारी दिने उद्देश्यले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका […]
पूरा पढ्नुहोस्




