Saturday, October 10

प्रदेश

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने : नेकपा एस

काठमाडौं ,फागुन १७ नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औंपचारिक निर्णय गरेको हो । ८ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका […]

पूरा पढ्नुहोस्

प्रमुख प्रतिपक्ष दाबी गरेपछि प्रतिनिधि सभाको बैठक नै बस्न सकेन

काठमाडौं ,फागुन १७ दुवै ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफूलाई प्रमुख विपक्षी दल दाबी गरेपछि बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले प्रमुख प्रतिपक्षमा आफ्नो हक लाग्ने बताएको छ भने कांग्रेसले आफू सरकारमै नगएकाले प्रमुख प्रतिपक्षको दाबी छाडेको छैन । कांग्रेसले गत पुस […]

पूरा पढ्नुहोस्

आज प्रतिनिधि सभा बैठक दिउँसो बस्दै

काठमाडौं ,फागुन १७ संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक  आज बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनु हुने छ । यस्तै, सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि […]

पूरा पढ्नुहोस्

आजबाट प्रि–मनसुन शुरु

काठमाडौं ,फागुन १७ आजबाट हिउँद सकिएर प्रि–मनसुन शुरु भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा छ। दिउँसो भने देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। राति गण्डकी, कर्णाली र […]

पूरा पढ्नुहोस्

आज केपी ओली कपको फाइनल खेल

काठमाडौं ,फागुन १७ केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनल आज हुँदै छ। उपाधिका लागि सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै सातदोबाटोसँगको भेट पक्का गरेको हो। नेकपा एमाले निकट […]

पूरा पढ्नुहोस्

उपनिर्वाचनका लागि १८ वटा दलले गराए दर्ता [सूचीसहित] : चितवन निर्वाचन क्षेत्र-२

काठमाडौं ,फागुन १७ चितवनको निर्वाचन क्षेत्र-२ को उपनिर्वाचनका लागि १८ वटा दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार हिजो (मंगलबार) अन्तिम समयसम्म १८ दल दर्ता गरिएको हो। आयोगले उम्मेदवार मनोनयन दर्ताको समय चैत ३० गते तोकेको छ। हाल मतदाता नामावली अद्यावधिक भइरहेको र आयोगले उपचुनावका लागि आवश्यक तयारी गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी  […]

पूरा पढ्नुहोस्

रत्ननगरमा दोस्रो रोजगार मेला २०७९ हुने

चितवन, फागुन  १६   रत्ननगर नगरपालिकाले रोजगार मेला गर्ने भएको छ । रोजगार दिने र रोजगारी खोज्नेबीच मिलन गराएर मेला गर्न लागिएको हो । आगामी चैत १० देखि १२ गतेसम्म वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेछ । अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलो पटक रोजगार मेलाको आयोजना गरेको थियोे । आलोपालोरूपमा रोजगार मेला गर्ने गरी भरतपुर महानगरपालिका […]

पूरा पढ्नुहोस्

थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई

काठमाडौं ,फागुन  १६ थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहालले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मौजुदा मन्त्रिपरिषद्मा सहभागी रहेका मन्त्रीले सोमबार राजीनामा दिएपछि खाली रहेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने […]

पूरा पढ्नुहोस्

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागू : निर्वाचन आयोग

काठमाडौं ,फागुन  १६ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले  भोलि बुधबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ देखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले […]

पूरा पढ्नुहोस्

आज नेपाल र मलेसिया भिड्दै : यू-१९ क्रिकेट

काठमाडौं ,फागुन  १६ नेपालले आज आईसीसी अन्डर नाइन्टिन विश्वकप एसियाली क्षेत्रको छनोटमा  मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। यूएईस्थित मलेक क्रिकेट मैदान आजमानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा नेपाल अपराजित छ। उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जित हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। नेपालले यसअघि सिंगापुर, कुवेत […]

पूरा पढ्नुहोस्