Saturday, October 10

प्रदेश

उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली आज प्रकाशित हुने : राष्ट्रपति निर्वाचन

काठमाडौं ,फागुन  १६ राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत निर्वाचन आयोगले  आज मंगलबार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । त्यस्तै, मंगलबार नै   उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचनका लागि प्रदेशसभाका सदस्य ५५० र […]

पूरा पढ्नुहोस्

आजको मौसम पूर्वानुमान

काठमाडौँ  , फागुन  १६  मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका […]

पूरा पढ्नुहोस्

नौ कक्षामा ३५ प्रतिशत नल्याए कक्षा चढ्न नपाउने

काठमाडौं, फागुन १५  कक्षा नौमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशत नल्याए माथिल्लो कक्षा चढ्न नपाउने भएका छन्। विद्यार्थीको उपलब्धि मूल्याङ्कनका लागि पाठ्यक्रम विकास केन्द्रले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले यस्तो व्यवस्था गरेको हो। माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई लक्षित गरेर ल्याइएको उक्त निर्देशिका कक्षा नौका विद्यार्थीमा लागू हुन्छ कि हुँदैन भन्ने दुविधा विद्यालयमा […]

पूरा पढ्नुहोस्

मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी : चितवन–२ उपनिर्वाचन

काठमाडौं ,फागुन १५  आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको मिति तोकेर निर्वाचन कार्यक्रम स्वीकृत गरी यही फागुन १ गतेदेखि १६ गतेसम्मका लागि […]

पूरा पढ्नुहोस्

जनयुद्ध र जनआन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशन गर्दै सरकार

काठमाडौं ,फागुन १५  सरकारले जनयुद्ध र जनआन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित गर्ने भएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार सरकारले २०६५ पुस ९ गते ६ हजार ३४४ जनालाई शहीद घोषणा गरेको भए पनि राजपत्रमा प्रकाशित नभएका कारण सार्वजनिक हुन सकेको थिएन। अहिले त्यसैलाई […]

पूरा पढ्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति

काठमाडौं ,फागुन १५  क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले  विदेश भ्रमणमा जाने अनुमति दिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले  विदेश जाने अनुमति दिएको हो। साथै  उच्च अदालत पाटनको धरौटीमा छाड्ने आदेश सदर गरेको छ। नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्च अदालतले त्यसलाई उल्टाएर […]

पूरा पढ्नुहोस्

सरकारलाई दिएको समर्थन कायमै राख्ने : रास्वपा

काठमाडाैं ,फागुन १५  सरकारलाई दिएको समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  कायमै राख्ने भएको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेकाे पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनुभयो । उहाँले बैठकले राष्ट्रपति निर्वाचनका लागि […]

पूरा पढ्नुहोस्

पहिलो चरणको ओलम्पिक छनोटको खेल नेपालमा हुने

काठमाडाैँ , फागुन १५  आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा  आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि […]

पूरा पढ्नुहोस्

आज रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं , फागुन १५  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ। वर्तमान राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी  दिनुभयो । राष्ट्रपतिको निर्वाचनमा रास्वपा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन। केन्द्रीय समिति बैठकमा रास्वपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने […]

पूरा पढ्नुहोस्

निर्वाचनमा सहमति जुटाउनपर्ने भएपछि प्रधानमन्त्रीको दोहा भ्रमण रद्द

काठमाडौं ,फागुन १५ अल्पविकसित मुलुकहरको पाँचौं सम्मेलनका लागि तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहा भ्रमण रद्द गरिएको छ। फागुन १९ गते  उहाँ   कतार जाने कार्यक्रम थियो। तर राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउनुका साथै अन्य राजनीतिक कार्यक्रमहरुसमेत रहेकाले भ्रमण रद्द गरिएको हो। फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलन हुँदै छ। प्रधानमन्त्री दाहाल नेतृत्वको […]

पूरा पढ्नुहोस्