Saturday, October 10

प्रदेश

आठ दलीय गठबन्धनले बनायो राष्ट्रपति निर्वाचनका लागि कार्यदल

काठमाडौं ,फागुन १४ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति निर्वाचनका लागि अगाडि सारेका आठ दलीय गठबन्धनले कार्यदल गठन गर्ने भएका छन् । प्रत्येक दलबाट एक–एक जना सदस्य रहेको कार्यदल गठन गरेर राष्ट्रपति निर्वाचन कार्यक्रम संचालन र व्यवस्थापन गर्ने समझदारी भएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आइतबार साँझ बालुवाटारमा आठ दलको बैठक […]

पूरा पढ्नुहोस्

भारी वर्षाले केपी ओली कपका खेल स्थगित

काठमाडौँ ,फागुन १४ राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मी क्लब र सातादोबाटो युथ क्लबबीचको खेल भारी वर्षा र चट्याङका कारण स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आइतवार भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेल ५३ औं […]

पूरा पढ्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं ,फागुन १४ बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । आइतबार सरकारी वकिल र पीडित पक्षका वकिलको बहस सकिए पनि सन्दीप पक्षको बहस नसकिएकाले सोमबार सुनुवाई हुने गरी हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले उक्त सुनुवाइलाई सोमबार निरन्तरता दिने छ । सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता […]

पूरा पढ्नुहोस्

आगामी दिनमा प्रदेश सरकार सशक्त भएर जान्छ: अध्यक्ष यादव

काठमाडौं ,फागुन १४ आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ । हिजो शनिबार जनकपुर पुग्नुभएका अध्यक्ष यादवले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेको समेत उहाँले जानकारी गराउनुभयाे । सत्ता गठबन्धनले मधेश प्रदेशमा कुनै समस्या नआउने अध्यक्ष यादवले बताउनुभयो । […]

पूरा पढ्नुहोस्

बागमती सरकारबाट राप्रपाका मन्त्रीको राजीनामा , बाहिरियो राप्रपा

काठमाडौं ,फागुन १४ संघदेखि सबै प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बागमती प्रदेशका मन्त्रीहरुले पनि राजिनामा दिनुभएको छ  । राप्रपाका मन्त्रीहरुले शनिबार राति मुख्यमन्त्री शालिकराम जमकट्टेललाई भेटेर संयुक्त रूपमा राजीनामा बुझाउनुभएको हो  । बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा […]

पूरा पढ्नुहोस्

फोटो र अवधिसहितको पास वितरणको तयारी

काठमाडौँ ,फागुन १४ देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा प्रवेश गर्ने आगन्तुकका लागि सरकारले फोटो र प्रवेश अवधिसहितको केन्द्रीय पास वितरण गर्ने तयारी गरेको छ । पास वितरण तयारी गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा बसेको बैठकले कम्प्युटर प्रणालीमा आधारित फोटो र अवधिसहितको पास वितरण गर्न […]

पूरा पढ्नुहोस्

एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

चितवन , फागुन १४ हिजो शनिबारका दिन जेष्ठ नागरिक चोक हस्पिटल रोडमा रहेको रिभाईभ आयुर्वेद क्लिनिकमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न  भएको छ। रिभाईभ आयुर्वेद क्लिनिक तथा RAAN ( राष्ट्रिय आयुर्वेद एसोसिएसन अफ नेपाल) को संयुक्त आयोजनामा गरिएको पेट तथा मलद्वार सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा उल्लेख्य बिरामीहरुको सहभागिता  रहेको थियो । स्वस्थ्य शिबिरमा ५५ […]

पूरा पढ्नुहोस्

दिउँसो राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं ,फागुन १४ आज संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक  बस्दैछ। दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा  सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५/७६ […]

पूरा पढ्नुहोस्

नयाँ यात्रा सुरु गरेको : प्रधानमन्त्री दाहाल

काठमाडौं ,फागुन १३ संविधान स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता थपेकाले आफूहरूले नयाँ यात्रा सुरु गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले  बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले हालसम्म प्राप्त उपलब्धिलाई रक्षा गर्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभएकाे हाे । देश अझै अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले अर्थतन्त्र पछिल्लो […]

पूरा पढ्नुहोस्

संविधानको पालना गर्नु आफ्नो कर्तव्य हुने: वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडाैं ,फागुन १३ संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले  बताउनुभएको छ । शनिबार दिउँसाे राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरस पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको […]

पूरा पढ्नुहोस्