लुम्बिनी
कांग्रेस कार्यसम्पादन समिति बैठक बिहीबार बस्ने
काठमाडौँ, चैत्र १४ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको हो । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बिहान ९:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ […]
पूरा पढ्नुहोस्
सत्तारूढ गठबन्धनको बैठक आज अपराह्न बस्दै
काठमाडौँ, चैत्र १४ आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनको बैठक बसन लागेको हो । बैठक अपराह्न ४ बजे बस्नेछ । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो […]
पूरा पढ्नुहोस्
स्थानीय वायुसँगै पश्चिमी वायुको देशमा सामान्य प्रभाव
काठमाडौं, चैत्र १३ हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा […]
पूरा पढ्नुहोस्
मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : उपसभापति खड्का
काठमाडौं, चैत्र १२ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताउनुभएको छ । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताउनुभएको हो । उहाँले गठबन्धन दलका नेताहरुका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले […]
पूरा पढ्नुहोस्
शेयर बजारमा करिब २७ अंकले गिरावट
काठमाडौं, चैत्र १२ बजार परिसूचक नेप्सेको ओरारो यात्रा साताको सुरुको दिन पनि रह्यो । नेप्सेमा डेढ प्रतिशत बराबरको गिरावट आएर १९ सय तल आइपुग्यो । कारोबार सवा अर्ब हाराहारी रह्यो । उतार चढावबीच नेप्से करिब २७ अंकले ओरालो लागेर १८ सय ८८ मा आएर थामियो । सामूहिक लगानी कोष समूह सबैभन्दा उच्च झण्डै ५ प्रतिशतले […]
पूरा पढ्नुहोस्
स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव : मौसम पूर्वानुमान महाशाखा
काठमाडौं, चैत्र १२ हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। पहाडी भूभागमा आइतबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यी प्रदेशबाहेक देशका बाँकी पहाडी भूभागका १–२ स्थानमा पनि वर्षाको सम्भावना छ। बाँकी भूभागमा […]
पूरा पढ्नुहोस्
अर्थ मन्त्रालय : आठ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
काठमाडाैं, चैत्र ११ सरकारले चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र रु एक खर्ब १४ अर्ब बराबर […]
पूरा पढ्नुहोस्
दुई दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ: उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडाैं, चैत्र ११ दुई दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउने उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दावी गर्नुभएको छ । शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले यस्ताे दावी गर्नुभएको […]
पूरा पढ्नुहोस्
आगामी आमनिर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छ: महामन्त्री गगन थापा
काठमाडौं, चैत्र ११ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी एक्लै आगामी आमनिर्वाचनमा लड्ने बताउनुभएकाे छ । शनिबार कांग्रेस क्षेत्रीय समितिले बुटवलकाे भैरहवामा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयाे । अहिले नेपाली कांग्रेसलाई जराबाटै […]
पूरा पढ्नुहोस्
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने : रास्वपा
काठमाडौँ, चैत्र ११ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको हिजो बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धन […]
पूरा पढ्नुहोस्




