लुम्बिनी
पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएनः अध्यक्ष नेपाल
काठमाडाैं, चैत्र ११ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ । पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपाय विषयक विचार गोष्ठीमा बोल्दै उहाँले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभयो । यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि […]
पूरा पढ्नुहोस्
एएफसी यू-२० महिला एसियन कप : नेपाल दोस्रो चरणको समूह ‘बी’ मा
काठमाडौं, चैत्र १० एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा चीन, म्यानमार र चाइनिज ताइपेईसँगै नेपाल परेको एएफसीले जनाएको छ । हिजो बिहीबार सार्वजनिक गरेको दोस्रो चरणको छनोट ड्र’ अनुसार गरिएको हो । छनोटको दोस्रो चरण आउँदो जुन ३ देखि ११ तारिखसम्म हुनेछ । […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक
काठमाडौँ, चैत्र १० त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ । त्रिविबाट प्राप्त विवरण अनुसार अनेरास्ववियु १९, नेपाल विद्यार्थी सङ्घ […]
पूरा पढ्नुहोस्
जनगणनाको पूर्ण विवरण आज
काठमाडौँ, चैत्र १० राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्नुहुने सो कार्यालयले जनाएको छ । २०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक […]
पूरा पढ्नुहोस्
विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, चैत्र ९ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताउनुभएको छ । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय सङ्गठन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्त रूपमा आज राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राख्नुभयो […]
पूरा पढ्नुहोस्
बैंकका कर्मचारीहरूकाे २०८० सालमा ३५ दिन बिदा : नेपाल राष्ट्र बैक
काठमाडौं, चैत्र ९ बैंकका कर्मचारीहरूले २०८० सालमा ३५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैकले २०८० सालमा वैशाखदेखि चैतसम्मका लागि बैंक बिदा हुने सूची सार्वजनिक गरे अनुसार ३५ दिन पाउने भएका हुन् । नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन बैंक तथा वित्तीय संस्था पूर्ण रूपमा बन्द हुने राष्ट्र बैंकले जनाएको छ । […]
पूरा पढ्नुहोस्
खुल्यो प्रावि शिक्षकका लागि दरखास्त
काठमाडौं, चैत्र ९ शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहको शिक्षकमा विज्ञापन खुलाएको हो। आयोगले सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।
पूरा पढ्नुहोस्
ठूला दश वाणिज्य बैंकको लेखा परीक्षण विदेशी फर्मबाट गराउन मुद्राकोषको माग
काठमाडौं, चैत ७ नेपालका १० वटा ठूला वाणिज्य बैंकको लेखा परीक्षण विदेशी फर्मबाट गराउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग माग गरेको छ । शोधनान्तर घाटा हटाएर बाह्य स्थायित्व कायम गर्न भन्दै आईएमएफबाट ‘विस्तारित ऋण सुविधा’ लिएको नेपाललाई मुद्रा कोषले उक्त रकमको निरन्तरताका लागि शर्त अघि सारेको हो । कार्यक्रम […]
पूरा पढ्नुहोस्
नवनिर्वाचित उपराष्ट्रपति यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं, चैत्र ६ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ। यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने कार्यक्रम तय भएको छ । चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित हुनुभएको हो । उहाँले १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यको मत […]
पूरा पढ्नुहोस्
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न
काठमाडाैं, चैत्र ५ त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही क्याम्पसमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । ती बाहेक अन्य क्याम्पसमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद […]
पूरा पढ्नुहोस्




