समाज
त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : उपाधिका लागि नेपाल र पीएनजी खेल्दै
काठमाडौँ, फागुन ३० हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी (पीएनजी) खेल्दै छन्। खेल नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि शुरु हुने छ। सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको […]
पूरा पढ्नुहोस्
आजको मौसम : चार प्रदेशमा हिमपातको सम्भावना
काठमाडौँ, फागुन ३० देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आज, दाहाल र शर्माबीच प्रतिस्पर्धा
काठमाडौँ, फागुन २९ राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । मंगलबार बिहान ११.९ बजे बस्ने बैठकमा अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ । निर्वाचन प्रक्रिया अन्तर्गत सोमबार उम्मेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र नेपाली काँग्रेसबाट सांसद युवराज शर्माको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रियसभामा माओवादीसँग एक […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा सामान्य वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, फागुन २९ अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम मुख्यतया सफा छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा सामान्य वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का […]
पूरा पढ्नुहोस्
नेपाल राष्ट्र बैंक : ७ महिनामा विप्रेषण आप्रवाह करिब २२ प्रतिशतले बढ्यो
काठमाडौँ, फागुन २८ चालु आर्थिक वर्षको ७ महिनामा मुलुकमा भएको विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी समीक्षा प्रतिवेदनमा विप्रेषण आप्रवाह बढेर ८३९ अर्ब रुपैयाँ बराबर पुगेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिनुहुने
काठमाडौँ, फागुन २८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बुधबार विश्वासको मत लिनुहुनेभएको छ । गत पुस १० मा प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री प्रचण्डले यो कार्यकालका लागि तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिने बारे संसद सचिवालयमा प्रधानमन्त्री कार्यालयबाट आइतबार पत्र प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । नेकपा माओवादी […]
पूरा पढ्नुहोस्
यी २ प्रदेशमा आज वर्षाको सम्भावना
काठमाडौँ, फागुन २८ मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका […]
पूरा पढ्नुहोस्
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव
काठमाडौँ, फागुन २७ देशका पहाडी भूभाग लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]
पूरा पढ्नुहोस्
यी २ प्रदेशमा आज हिमपातको सम्भावना
काठमाडौँ, फागुन २६ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। […]
पूरा पढ्नुहोस्
आज महाशिवरात्रि, भगवान शिवको पूजा–आराधना गरिँदै
काठमाडौँ, फागुन २५ आज फाल्गुण कृष्ण चतुर्दशी । शुक्रबार हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । आज देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरु घुइँचो लाग्ने गर्दछ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आज भगवान शिवको दर्शन तथा पूजा गर्नका लागि काठमाडौंको […]
पूरा पढ्नुहोस्




