Monday, October 12

समाज

पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित : विश्वकप क्रिकेट

​​​​​​​काठमाडौं, असोज २४  भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत मंगलबारको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो । तीन सय ४५ रनको विजय लक्ष्य पाकिस्तानले ४८ दशमलव दुई […]

पूरा पढ्नुहोस्

चितवनको माडीमा जारी एक हप्ते वेटर तालिम सकियो

भरतपुर, असोज २३ उद्योग वाणिज्य संघ–चितवन र होटल व्यवसायी संघ चितवन माडी एकाईको संयुक्त आयोजनामा जारी एक हप्ते वेटर तालिम सकिएको छ । माडीका होटल व्यवसायीहरुको क्षमता एवं दक्षता विकास गर्ने उदेश्यले आयोजना गरिएको तालिमको समापन समारोहमा माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथी रहनु भएको थियो । समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथी […]

पूरा पढ्नुहोस्

चितवनको रत्ननगरमा चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक

चितवन, असोज २३ चितवनको रत्ननगर नगरपालिकाले दसैं, तिहार, छठ जस्ता पर्वहरुमा प्लास्टिक जन्य फूलमाला र गुच्छाको बिक्रीबितरणमा रोक लगाएको छ । नगरपालिकाले हिजो सोमबार एक सूचना जारी गर्दै तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । नगर प्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीद्धारा उत्कृष्ट कार्य गर्ने बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशी सम्मानित

चितवन, असोज २३ बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेशभरीका उत्कृष्ट मन्त्रीको रुपमा सम्मानित हुनुभएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयबाट उत्कृष्ट कार्य गरेको भन्दै मन्त्री जोशीलाई सम्मान गरिएको हो । जोशीलाई आज (मंगलबार) विश्व मानसिक स्वास्थ्य दिवस एवम् सेतो कोट दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मान गर्नुभएको हो । मन्त्री जोशी गत जेठ ७ […]

पूरा पढ्नुहोस्

आजबाट नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा हटाइयो

​​​​​​​काठमाडौं, असोज २३ नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू र निषेधाज्ञा आजबाट हटाईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना मार्फत कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जानकारी दिनुभयो । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाउदै […]

पूरा पढ्नुहोस्

आज यी ३ प्रदेशमा हल्का वर्षाको सम्भावना

​​​​​​​काठमाडौं, असोज २३ आज मंगलबार बिहान कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य […]

पूरा पढ्नुहोस्

विभिन्न कार्यक्रमको आयोजना गरि तीन दिनसम्म खाद्य दिवस मनाइयो

चितवन, असोज २२  चितवनमा खाद्य दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । खाद्यका लागि कृषि अभियानको आयोजनामा जिल्लामा तिन दिनसम्म गोष्ठी, नाटक, प्रभातफेरी लगायतका जनचेतना मुलक कार्यक्रम गरि मनाइएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय, जिल्ला प्राङ्गारिक संघ चितवन, चितवन कचेहेरी, बेटर चितवन, कृषि तथा वन विज्ञान विश्वविद्यालय र रामपुर क्याम्पस खैरेहेनीको सहकार्यमा असोज […]

पूरा पढ्नुहोस्

अथर्व साकाेसकाे भरतपुरमा प्रतिनिधि मुलक साधारणसभा सम्पन्न

चितवन, असोज २२ अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को भरतपुर १२ चितवनको २५ औं वार्षिक साधारणसभा अन्तर्गत भरतपुरमा  प्रतिनिधि मुलक साधारणसभा  हिजो (आईतबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतप्रसाद दवाडीको अध्यक्षता र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ का अध्यक्ष बिध्या काेईरालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष शालिग्राम शर्मा विशिष्ठ अतिथि […]

पूरा पढ्नुहोस्

लाईफलाईन एण्ड हेयर ट्रान्सप्लान्टले तीनदिने निशुल्क स्वास्थ्य शिविर गर्दै

चितवन, असोज २२ भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज अगाडि रहेको लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरले कपाल तथा अनुहारको निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ । स्किन केयरले असोज २८ देखि ३० गते सम्म काठमाडौँका विशेषज्ञद्वारा सेवाग्राहीलाई निःशुल्क कपाल तथा अनुहारको ओपिडी परीक्षण सेवा दिन लागेको हो । लाईफलाइनले चाडबाडको अवसर पारेर गुणस्तरीय सेवा […]

पूरा पढ्नुहोस्

यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने

काठमाडौँ, असोज २२ यही असोज २९ गतेदेखि नेपाल राष्ट्र बैंकले दसैँ, तिहार लगायत चाडबाडलाई लक्षित गरी  नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यका बाहिरको हकमा […]

पूरा पढ्नुहोस्