समाज
दिउँसो मौसम सामान्य देखि पूर्णतया बदली
काठमाडौं, जैठ १० गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभावले पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली छ। दिउँसो देशभरको मौसम सामान्य देखि पूर्णतया बदली रहनेछ। […]
पूरा पढ्नुहोस्
एकाबिहानै बझाङ केन्द्रविन्दु बनाएर भूकम्प
काठमाडौं, जैठ १० बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर बुधबार बिहान बिहान ४ बजेर ६ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो। बाजुरालगायत छिमेकी जिल्लामा पनि भूकम्प महशुस भएको थियो।
पूरा पढ्नुहोस्
राष्ट्रिय भूकम्प मापन : बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं, जेठ ९ बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर सोमबार साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४ दशमलव १ म्याग्निच्युडको भूकम्प […]
पूरा पढ्नुहोस्
चालु आर्थिक वर्षको दश महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ४ अर्ब
काठमाडौं, जेठ ८ चालु आर्थिक वर्षको दश महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ४ अर्ब पुगेको छ । यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा भने कम हो । अघिल्लो वर्ष सोही समयमा मुलुकको व्यापार घाटा १४ खर्ब ३१ अर्ब पुगेको थियो । आयातमा कमी आएसँगै मुलुकको व्यापार घाटामा राहत मिलेको हो । चालु आर्थिक वर्षको […]
पूरा पढ्नुहोस्
पर्यटन विभाग : पाँच सयले चढे सगरमाथा
काठमाडौं, जेठ ८ यस वर्षको वसन्त ऋतुमा करिब पाँच सय जनाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आजसम्म करिब पाँच सयले सगरमाथा आरोहण गरेको बताउनुभयो । ‘वसन्त ऋतुको सगरमाथा आरोहणमा […]
पूरा पढ्नुहोस्
स्वास्थ्य मन्त्री जोशीको निर्णय : गर्भवती तथा सुत्केरी महिलालाई निशूल्क हेलिकप्टर
चितवन, जेठ ८ बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि नि:शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको छ । नवनियुक्त स्वास्थ्यमन्त्री जोशीले पदभार ग्रहण गर्दै गर्भवती तथा सुत्केरी महिलाहरुको लागि नि:शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गर्नुभएको हो । मन्त्री जोशीले समयमा नै उपचार नपाएर […]
पूरा पढ्नुहोस्
जैविक विविधता दिवस आज मनाइँदै
काठमाडौं, जेठ ८ मे २२ अर्थात् जैविक विविधता दिवस। ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ। जमिन तथा पानीको […]
पूरा पढ्नुहोस्
धेरै विषय चुनावमा प्रतिबद्धता गरेका कार्यान्वयनको चरणमा छ : नगरप्रमुख सापकोटा
चितवन, जेठ ७ रत्ननगर नगरपालिकाले निर्वाचित जनप्रतिनिधि पदबहाली भएको एक वर्ष पूरा भएको अवसरमा हिजो शनिबार पत्रकार सम्मेलन गरी कार्यप्रगति प्रस्तुत गरेको छ । रत्ननगर नगरपालिकाले चालु आव २०७९/०८० मा एक अर्ब ८६ करोड ३३ लाख ७० हजार ७१० बजेट विनियोजन गरेकोमा वैशाख मसान्तसम्ममा ७० करोड ८८ लाख ५७ हजार ७३० रुपैयाँ अर्थात् ४२.१ प्रतिशत […]
पूरा पढ्नुहोस्
निर्वाचित सांसद चितवनका उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त
चितवन, जेठ ७ क्षेत्र नं.२ (ख) चितवन बाट निर्वाचित सांसद उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्री बन्नु भएको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नु भएका जमरकट्टेलले कांग्रेसबाट थप मन्त्रीहरु नियुक्त गर्नुभएको हो । स्वास्थ्य मन्त्री बन्नु भएका जोशी चितवन कांग्रेसका निवर्तमान सचिव हुनु हुन्छ । उहाँ युवा पुस्तामा लोकप्रिय नेतामा पर्नुहुन्छ । जोशी प्रखर वक्ताको […]
पूरा पढ्नुहोस्
एक वर्ष राप्ती जनप्रतिनिधिको पुराः विपन्नलाइ १ सय ७५ घर निर्माण
राप्ती, जेठ ७ राप्ती नगरपालिकाले एक वर्षमा विपन्नलाई एक सय ७५ वटा घर बनाइदिएको छ । हिजो शनिवार राप्ती नगरपालिकामा जनप्रतिनिधिको पदवहालीको एक वर्ष पुरा भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख शमशेर लामा र उपप्रमुख देवेन्द्र लामाले जनतामुखि काम भएको दावी गर्नुभएको छ । नगर प्रमुख लामाले पदवहालीको समयमा विपन्नलाइ गास वास र कपासको […]
पूरा पढ्नुहोस्




