खेलकुद
टि–ट्वेन्टी विश्वकप छनौट क्रिकेट : नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं, कार्तिक १६ आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले आज ओमानसँग खेल्दै छ। खेल बिहान ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ। समूह एमा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्। यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका अघिल्ला खेलमा दुबै टोलीले सिंगापुर र मसेसियालाई पराजित गरेका थिए। टी-२० आईमा नेपाल र ओमानबीच चार […]
पूरा पढ्नुहोस्
आज नेपाल र मलेसिया खेल्दै
काठमाडौं, कार्तिक १४ नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ। खेल दिउँसो सवा १ बजे टीयू क्रिकेट मैदामा हुनेछ। नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो।
पूरा पढ्नुहोस्
टि २० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिता : नेपाल ५ विकेटले विजयी
काठमाडौं, कार्तिक ७ काठमाडौंमा जारी त्रिकोणात्मक टि२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) पाँच विकेटले पराजित गरेको छ । युएईले जितका लागि दिएको १६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।
पूरा पढ्नुहोस्
त्रिकोणात्मक टी–२० क्रिकेट : आज नेपाल र यूएई खेल्दै
काठमाडौं, कार्तिक ६ त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ। जारी सिरिजमा अपराजित नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ। नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो भने हङकङलाई क्रमशः ६ विकेट र ७९ रनले पराजित गरेको थियो।
पूरा पढ्नुहोस्
आज नेपाल र जापानको खेल : एसीसी प्रिमियर
काठमाडौं, कार्तिक ४ एसीसी अन्डर नाइन्टिन प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बायोमास ओभलमा खेल बिहान सुरु हुनेछ। नेपाली टोली समूह एु र जापान समूह डीको विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। यूएई समूह बी र सिंगापुर समूह सी को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन्। दोस्रो सेमिफाइनल खेल पनि आजै […]
पूरा पढ्नुहोस्
पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित : विश्वकप क्रिकेट
काठमाडौं, असोज २४ भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत मंगलबारको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्काले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४४ रनको योगफल बनायो । तीन सय ४५ रनको विजय लक्ष्य पाकिस्तानले ४८ दशमलव दुई […]
पूरा पढ्नुहोस्
नेपाल र भारत महिला कबड्डीको सेमिफाइनलमा : १९औँ एसियाली खेलकुद
काठमाडौं, असोज १९ चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीतर्फ नेपाल र भारत अहिले सेमिफाइनलमा भिड्दै छन् । नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको छ […]
पूरा पढ्नुहोस्
यहि असोज १५ गतेदेखि चितवनमा फुटसल प्रतियोगिता २०८० हुने
चितवन, असोज १३ चितवन एक्स आई क्लब र सहिद स्मृती प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा अन्तरस्कुल फुटसल प्रतियोगिता २०८० हुने भएको छ। चितवनमा असोज १५ र १६ गते फुटसल प्रतियोगिता २०८० गर्ने भएको हो । प्रतियोगिता क्षेत्रपुरस्थित ब्रदर्श फुटसल एरिनामा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । खेल ७/७ मिनेटको हुनेछ । उक्त […]
पूरा पढ्नुहोस्
१९औँ एसियाली खेलकुद : एशियाली खेलकुदमा चीनको अग्रस्थान कायम
काठमाडौं, असोज १२ १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्सहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३३ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल […]
पूरा पढ्नुहोस्
आज नेपालले भारतसँग खेल्दै : साफ यू–१९ च्याम्पियनशिप
काठमाडौं, असोज १० साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतसँग खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजेर ३० मिनेटमो सुरु हुनेछ। भुटानमाथि २–१ को रोमाञ्चक जित निकाल्दै भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। नेपालले माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। आजै हुने […]
पूरा पढ्नुहोस्




