खेलकुद
आज क्यानमा नयाँ नेतृत्व चयनका लागि मतदान हुने
काठमाडौं, असोज ६ नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ। शुक्रबार शुुरु भएको अधिवेशन अन्तर्गत आज मतदान हुने भएको हो। नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा हुने मतदानका लागि क्यानले मतदाता नामावली सार्वजनिक गरेको छ। क्यानको विधानअनुसार ८६ जना मतदाता हुने व्यवस्था छ।
पूरा पढ्नुहोस्
साफ यू-१९ च्याम्पियनशिप : नेपाल पाकिस्तानसँग पराजित
काठमाडौँ, असोज ५ साफ यू-१९ च्याम्पियनशिपमा नेपाल पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको छ । बिहीबारदेखि दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको हो । पहिलो हाफ गोलरहीत बराबरीमा सकिएकोमा दोस्रो हाफमा पाकिस्तानले गोल गरेको हो ।
पूरा पढ्नुहोस्
आज नेपालले पाकिस्तानसँग खेल्दै : यू-१९ साफ च्याम्पियन
काठमाडौं, असोज ४ साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ। दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सामने हुनेछन्। नेपाल र पाकिस्तानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको प्रि–म्याच कन्फरेन्समा नेपालका कप्तान जियारथ शेखले छोटो तयारीका बाबजुद टिम लयमा रहेको बताउनुभयो ।
पूरा पढ्नुहोस्
भारतलाई एसिया कप क्रिकेटको उपाधि
काठमाडौं, असोज १ एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । एसिया कप क्रिकेट १९८४ देखि सुरु भएको प्रतियोगिता हो । भारतले पछिल्लो पटक […]
पूरा पढ्नुहोस्
बंगलादेशले भारतलाई हरायो : एसीसी एसिया कप
काठमाडौं, भाद्र ३० एसीसी एसिया कपअन्तर्गत क्रिकेटमा बंगलादेशले भारतलाई पराजित गरेको छ। गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतलाई ६ रनले हराएको हो। बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा २५९ रन बनाएर अलआउट भयो।
पूरा पढ्नुहोस्
असोजको पहिलो हप्ता नेपाल क्रिकेट संघको अधिवेशन हुने
काठमाडौं, भाद्र ३० नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारण सभा तथा अधिवेशन आगामी असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार एक सूचना जारी गरेर असोजको पहिलो हप्ता अधिवेशन गर्ने जनाएको हो । यो अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने छ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, […]
पूरा पढ्नुहोस्
आज भारत र बंगलादेश भिड्दै : एसिया कप क्रिकेट
काठमाडौं, भाद्र २९ एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र बंगलादेश भिड्दैछन् । श्रीलंकाको कोलम्बोमा अपरान्ह सवा ३ बजे खेल सुरु हुनेछ । लगातार दुई जितसहित फाइनलमा पुगिसकेको भारत र लगातार दुई हारसहित सुपर फोरबाट बाहिरिसकेको बंगलादेशबिचको आजको खेल औपचारिकता मात्रै हुनेछ । बंगलदेशको लागि भने आजको खेल सुपर फोर चरणमा सान्तोना जित निकाल्ने […]
पूरा पढ्नुहोस्
सरकारले घोषणा गरेको पुरस्कार पाइँदैन की भन्ने चिन्ता नलिनुहोस् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, भाद्र २८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उहाँले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले यसअघि घोषणा गरिएको खेलाडीका लागि पुरस्कार रकम प्राविधिक कारणले केही […]
पूरा पढ्नुहोस्
एसिया कप : श्रीलंका र पाकिस्तानको खेल आज
काठमाडौं, भाद्र २८ एसीसी एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान भिड्दैछन्। खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ। आजको खेलको विजेताले उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ। आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ। दुवै टोली २ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
पूरा पढ्नुहोस्
श्रीलंकालाई हराउँदै भारत फाइनलमा : एसिया कप क्रिकेट
काठमाडौं, भाद्र २७ भारत एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार कोलम्बोको प्रेमदासा रंगशालामा भएकाे सुपर फोर अन्तर्गतकाे दाेस्राे खेलमा सहआयोजक श्रीलंकालाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो । भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएकाे श्रीलंका ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रनमा समेटियो ।
पूरा पढ्नुहोस्




