Friday, October 9

खेलकुद

आज नेपाल र मलेसिया भिड्दै : यू-१९ क्रिकेट

काठमाडौं ,फागुन  १६ नेपालले आज आईसीसी अन्डर नाइन्टिन विश्वकप एसियाली क्षेत्रको छनोटमा  मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। यूएईस्थित मलेक क्रिकेट मैदान आजमानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा नेपाल अपराजित छ। उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जित हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। नेपालले यसअघि सिंगापुर, कुवेत […]

पूरा पढ्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति

काठमाडौं ,फागुन १५  क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले  विदेश भ्रमणमा जाने अनुमति दिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले  विदेश जाने अनुमति दिएको हो। साथै  उच्च अदालत पाटनको धरौटीमा छाड्ने आदेश सदर गरेको छ। नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्च अदालतले त्यसलाई उल्टाएर […]

पूरा पढ्नुहोस्

पहिलो चरणको ओलम्पिक छनोटको खेल नेपालमा हुने

काठमाडाैँ , फागुन १५  आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा  आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि […]

पूरा पढ्नुहोस्

भारी वर्षाले केपी ओली कपका खेल स्थगित

काठमाडौँ ,फागुन १४ राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मी क्लब र सातादोबाटो युथ क्लबबीचको खेल भारी वर्षा र चट्याङका कारण स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आइतवार भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेल ५३ औं […]

पूरा पढ्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं ,फागुन १४ बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । आइतबार सरकारी वकिल र पीडित पक्षका वकिलको बहस सकिए पनि सन्दीप पक्षको बहस नसकिएकाले सोमबार सुनुवाई हुने गरी हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले उक्त सुनुवाइलाई सोमबार निरन्तरता दिने छ । सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता […]

पूरा पढ्नुहोस्

फागुन ११ गतेदेखि हुने केपी ओली कप फुटबलको ट्रफी आज सार्वजनिक

काठमाडाैं ,फागुन ९ राजधानीमा फागुन ११ गतेदेखि  हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले आज मंगलबार एन्फा कम्प्लेक्स सातदाेबाटाेमा प्रतियोगिताको उपाधि ट्रफी सावर्जनिक गरेको हो । कार्यक्रममा प्रतियोगिताको चिनारी गीत पनि सार्वजनिक गरिएकाे छ । फागुन ११ गतेदेखि १७ गतेसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका […]

पूरा पढ्नुहोस्

नामिबियासँग टस जितेर नेपालको फिल्डिङ :त्रिकोणात्मक सिरिज

काठमाडौं ,फागुन ६ आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजमा नेपाल र नामिबियाबीचको खेल सुरु भएको छ। आईसीसी लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर नामिबियाविरुद्ध फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो। घरेलु मैदानमा यसअघि भएका दुई खेलमा लगातार जित निकालेको नेपाल आज […]

पूरा पढ्नुहोस्

नेपाल उपविजेतामा सीमित :साफ यू–२० महिला फुटबल

काठमाडौं ,माघ २७ साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ। ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको हो। बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो। राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका […]

पूरा पढ्नुहोस्

भोलि उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने : साफ यू–२० महिला फुटबल

काठमाडौं ,माघ २५ भोलि बिहीबार बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा  नेपालले आयोजक बंगलादेशको सामना गर्ने भएको छ । समूहको अन्तिम खेलमा मंगलबार भुटानलाई ५–० ले हराउँदै बंगलादेशले नेपालविरुद्धको उपाधि भिडन्त तय गरेको हो । मंगलबार नै भएको पहिलो खेलमा भारतलाई ३–१ ले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको थियो । नेपाल र बंगलादेशबीचको फाइनल […]

पूरा पढ्नुहोस्

माडीमा ‘तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९’ हुँदै

चितवन ,माघ २३ चितवनको माडी नगरपालिकामा नेपाल एथलेटिक्स संघ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा ‘तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९’  हुने भएको छ । फागुन ११ गते देखि १३ गते सम्म माडी नगरपालिकाको बसन्तपुर खेल मैदानमा हुने छ । चितवन जिल्ला एथलेटिक्स संघले हिजो (आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय प्रतियोगिता हुन लागेको जनाएको हो […]

पूरा पढ्नुहोस्