Friday, October 9

खेलकुद

माघ २६ गतेदेखि ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७९’ हुँदै

नवलपुर ,माघ २२ यहि माघ २६ गतेदेखि फागुन १ गतेसम्म नवलपरासी (पूर्व)को गैँडाकोटमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । नव जागरण ग्रामीण विकास केन्द्र , गैँडाकोट ९ थुम्सीको आयोजनामा  ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिक्रेट प्रतियोगिता २०७९’ आयोजना गर्न लागिएको हो । विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले विगतका वर्षमा जस्तै यसवर्षपनि […]

पूरा पढ्नुहोस्

फागुन २० गते रन फर ओबेसिटी म्याराथन गर्ने

काठमाडौं ,माघ २० आगामी फागुन २० गते एनआरएस स्पोर्ट्स फाउण्डेशनले  रन फर ओबेसिटी म्याराथन गर्ने भएको छ । संस्थाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । म्याराथन ५ किलोमिटरको हुने छ । म्याराथनमा सहभागी हुनका लागि खल्ती एपबाट २ सय रुपैयाँ भुक्तानी गरी दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ । भुक्तानी गरेसँगै टिसर्ट […]

पूरा पढ्नुहोस्

आजदेखि साफ यू–२० महिला च्याम्पियनसिप हुँदै

काठमाडौं ,माघ २० आज (शुक्रबार) देखि बंगलादेशमा २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल  सुरु हुँदैछ । बंगलादेशको ढाकास्थित मुस्तोफा कमल स्टेडियममा शुक्रबार हुने खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ७ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले […]

पूरा पढ्नुहोस्

निलम्बन फुकुवादेखि ग्रेडिङ्गसम्म :नेपाल क्रिकेट संघ

काठमाडाैं , माघ १९ नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा बसेको बोर्ड बैठकले १३ वटा निर्णय पारित गरेको छ । अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा  हिजो (मंगलबार) बसेको क्यानको बोर्ड बैठकले १३ निर्णय गरेको हो । क्यानको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा देखि नेपाल टी-ट्वान्टी लिगको गभर्नीङ काउन्सिल विघटन, खेलाडीको सेन्ट्रल कन्ट्याक […]

पूरा पढ्नुहोस्

खेलकुद क्षेत्रको विकासमा पनि सेन्ट्रल कलेज

चितवन , माघ १५ चितवनमा केन्द्रिय कार्यालय रहेर उच्च शिक्षाका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिँदै आएको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि. ले खेलकुदको विकासमा एन्फा र विभिन्न क्लबहरुसंग सहकार्यले खेलकुद क्षेत्रको विकासमा  थप टेवा पु¥याएको छ । कलेजले चितवन, नवलपुरसहित विभिन्न जिल्लाका एन्फा र क्लबहरुसंग निरन्तर सहकार्य गर्दै […]

पूरा पढ्नुहोस्

केपी ओली कप फुटबल प्रतियोगिता आउँदो फागुन ११ देखि हुने

काठमाडौं , माघ १३ राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार आउँदो फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ । काठमाडौंका विभिन्न खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुने टिमले १७ माघभित्र दर्ता गरिसक्नुपर्ने संघका अध्यक्ष अध्यक्ष […]

पूरा पढ्नुहोस्

आजदेखि सूर्य नेपाल गल्फ टुरअन्तर्गत ‘एनपिजिए म्याच प्ले’ प्रतियोगिता सुरु

काठमाडौं ,माघ १० आज (मंगलबार) बाट सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तगर्तको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले  हुने भएको छ । प्रतियोगितामा अघिल्लो सिजन पूरा गरेर वरीयता बनाएका शिर्ष १६ गल्फरले सहभागिता जनाउँदैछन् । शिर्ष १६ मा रहेका चार गल्फर उपस्थिति नहुने भएपछि यसपटक २० औं वरियतासम्मकाले सहभागिता जनाउने नेपाल गल्फर एशोसिएशनका महासचिव दीपक […]

पूरा पढ्नुहोस्

आज महिला टी-२० क्रिकेटकाे फाइनल खेल हुँदै

काठमाडौं , माघ ७ सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । जनता क्रिकेट पार्क क्रिकेट मैदानमा हुने फाइनल खेलमा प्रदेश नम्बर–१ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएकाे हाे । फाइनल खेल मध्याह्न १२ बजेबाट सुरु हुने भएकाे छ । दुवै टोली उपाधि जित्ने योजनासहित मैदानमा उत्रिने भएका […]

पूरा पढ्नुहोस्

सेमिफाइनलमा आज एपीएफ र संकटा भिड्ने :पोखरा गोल्डकप

पोखरा ,पुस २० पोखरा गोल्डकपमा बुधबार विभागीय एपीएफ क्लब र संकटा क्लबबीच खेल हुँदैछ। गोल्डकपको २२ औँ संस्करण अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा दिउँसो दुई बजे यी दुईबीच खेल हुन लागेको हो। ‘डिफेन्डिङ च्याम्पियन’ एपीएफलले धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। २०६४ सालमा उपविजेता बनेको एपीएफ २०७८ सालमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित […]

पूरा पढ्नुहोस्

आजदेखि नेपाल टी–२० क्रिकेट लिग

काठमाडौं ,  पुस ९ नेपाल टी–२० क्रिकेट प्रतियोगिता शनिबार सुरु हुँदैछ।  नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको प्रतियोगिता  यसअघि ४ पटक स्थगित भइसकेको छ । क्यानले पहिलो पटक नेपाल टी–२० का नाममा फ्रेन्चाइज प्रतियोगिता गर्न लागेको हो।उद्घाटन खेलमा काठमाडौ नाइट्सले पोखरा एभेन्जर्सविरुद्ध खेल्ने छ। खेल बिहान सवा ९ बजे सुरु हुनेछ। शनिबार नै […]

पूरा पढ्नुहोस्