Monday, October 26

Author: Sarbatra Khabar

आठ महिनामा भित्रियो रु नौ खर्ब ६१ अर्ब विप्रेषण, २१ प्रतिशतले वृद्धि

काठमाडौं, चैत २३ राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिटयन्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले हिजो  फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै २१ प्रतिशतले विप्रेषण आप्रवाह बढेको जानकारी गराएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा […]

पूरा पढ्नुहोस्

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, चैत २३ पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी र कर्णाली […]

पूरा पढ्नुहोस्

सकियो जनजाति साँस्कृतिक महोत्सव : निजी तथा सरकारी क्षेत्रलाई सहयोग पुगेको दाबी

चितवन, चैत २२  प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव बुधबार सकिएको छ। चैत ९ देखि १८ गतेसम्म चलेको महोत्सवको बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा ‘सुमन’को उपस्थितिमा समापन भएको हो। नारायणी नदी किनारमा भएको महोत्सवको समापन समारोहमा बोल्दै सांसद सापकोटाले चितवनका आदिवासी जनजाति समुदायले पहिलोपटक महोत्सव आयोजना गरे पनि उत्कृष्ट महोत्सव भएको प्रतिकृया दिर्नुभयो । […]

पूरा पढ्नुहोस्

नेपाल प्रहरीका १९ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं, चैत २२ प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। हिजो बसेको बढुवा समितिको बैठकले ९८ जनाबाट १९ जना बढुवा सिफारिस गरेको हो। २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही टोलीका यसअघि ४६ जनाको बढुवा भएको थियो। हेर्नुस् बढुवा सिफारिस भएकाहरूको सूची:  

पूरा पढ्नुहोस्

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, चैत २२ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहान देशभर आंशिक बदली छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदली […]

पूरा पढ्नुहोस्

नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु

काठमाडौं, चैत २१ नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुँदैछ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुँदैछ । यसअघि भएको टी-२० सिरिज आयरल्याण्ड उल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड उल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ‘ए’ले जितेको थियो । अब एकदिवसीय सिरिजको […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, चैत २१ संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य […]

पूरा पढ्नुहोस्

आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा : मौसम पूर्वानुमान

काठमाडौं, चैत २१ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा बुधबार बिहान सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, चैत २० संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ । आज बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर […]

पूरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं, चैत २० नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्न लागेको हो । सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा उक्त बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडयालले जानकारी दिनुभयो।

पूरा पढ्नुहोस्