Wednesday, October 21

Author: Sarbatra Khabar

इन्टरनेट सेवाप्रदायकलाई टिकटक बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं, कार्तिक २८ नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङक’ लगायतका कम्पनीहरुले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई […]

पूरा पढ्नुहोस्

सामाजिक सञ्जाल ‘टिकटक’ नेपालमा बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, कार्तिक २७ सरकारले नेपालमा चिनियाँ एप टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो। टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने […]

पूरा पढ्नुहोस्

जाजरकोटका भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिइने

काठमाडौं, कार्तिक २७ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुको लागि अस्थायी आवास बनाउन […]

पूरा पढ्नुहोस्

आईसीसी विश्वकप क्रिकेट : भारतको अपराजित यात्रा कायमै

काठमाडौं, कार्तिक २७ आईसीसी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध भारतले १६० रनको फराकिलो जित निकालेको छ। ​ बैंगलोरको एम चिन्नस्वामी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर नेदरल्यान्ड्स सामु ४ सय १० रनको विशाल लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ४७ दशमलव ५ ओभरमा २५० रन बनाउँदा सबै विकेट गुमायो।

पूरा पढ्नुहोस्

तिहारको तेस्रो दिन : आज गाईको पूजा गरी मनाइँदै

काठमाडौं, कार्तिक २७ आज तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइँदैछ । गाई हिन्दु धर्मावलम्बीका लागि पवित्र जनावर मानिन्छ । यसर्थ गाईलाई पूजा गर्ने परम्परा वैदिक सनातन कालदेखिको चलिआएको हो । गाईलाई गौमाता पनि भन्ने गरिन्छ । गाईको दूध आमाको दूध जस्तै पोषिलो हुने भएकाले गाईलाई गौमाता भनिएको हो । गाईको दूधका साथै गाईको गहुँत […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० कार्तिक २६ गतेदेखी मङ्सिर २ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ ।आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथी बाट […]

पूरा पढ्नुहोस्

आज यी स्थानमा सामान्य वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, कार्तिक २६ देशको पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। आइतबार कोशी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली […]

पूरा पढ्नुहोस्

तिहारको आज दोश्रो दिन : लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै

काठमाडौं, कार्तिक २६ आज तिहारको दोस्रो दिन । दुईवटा तिथिका कारण आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा गरिँदैछ । पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएअनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ । विधान अनुसार लक्ष्मीपूजा औँसीको साँझ अथवा राति गर्नुपर्ने हुन्छ । त्यस्तै आइतबार बिहान चतुर्दशी […]

पूरा पढ्नुहोस्

शुक्रबार बढ्यो सुनको मूल्य

काठमाडौं, कार्तिक २५ नेपाली बजारमा हिजो शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।  बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा १ हजार रुपैयाँ र चाँदीमा २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख १४ हजार ७०० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन तोलामा […]

पूरा पढ्नुहोस्

खुल्यो एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम

काठमाडौं, कार्तिक २५ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्ने/भराउनेबारे सूचना निकालेको हो । कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका […]

पूरा पढ्नुहोस्