Author: Sarbatra Khabar
कांग्रेसबाट नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा राजीनामा
काठमाडौं ,फागुन २८ नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहनुभएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाउनुभएको हो । पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाउनुभएको छ । कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयले […]
पूरा पढ्नुहोस्
४ जना उम्मेदवारबीच उपराष्ट्रपति पदका लागि प्रतिष्पर्धा हुने
काठमाडौं ,फागुन २८ उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो । उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ फागुन २८ गतेदेखी चैत्र ४ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ ।सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथी बाट […]
पूरा पढ्नुहोस्
आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिँदै
काठमाडौं ,फागुन २८ गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिंदै छ । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलले सोमबार शपथ लिएसँगै भण्डारीले शितलनिवास छाड्नुहुनेछ । उहाँ सोमबार शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने भण्डारीको सचिवालयले जनाएको छ । भण्डारी २०७२ साल कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ […]
पूरा पढ्नुहोस्
उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै : निर्वाचन आयोग
काठमाडौं , फागुन २८ उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ। आज उमेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन कार्यतालिकामा उल्लेख छ। यसअघि उपराष्ट्रपतिको निर्वाचनका लागि हिजो उमेदवारको मनोनयन दर्ता गरिएको थियो । हिजो नै उमेदवारविरुद्ध उजुरी दिने निर्वाचन कार्यतालिका थियो। […]
पूरा पढ्नुहोस्
शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ : कांग्रेस नेता पौडेल
काठमाडाैं , फागुन २७ नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँको बूढानीलकण्ठमा सञ्चालित ज्ञान चक्षु स्कुलको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले शिक्षा क्षेत्र प्रविधिमैत्री र प्रतिस्पर्धात्मक हुँदै गएकाले समयानुकूल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको हो । “सरकारी विद्यालयभन्दा निजीस्तरका विद्यालयको शैक्षिक गुणस्तर […]
पूरा पढ्नुहोस्
नेपाल क्षयरोग निवारण संस्था चितवनको ४०औ साधारणसभा आज सम्पन्न (फोटोफिचर)
प्रदिप परियार चितवन ,फागुन २७ आज (शनिवार) भरतपुर ९ शरदपुरमा नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाको ४० औ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाकी सचिव कुष्मा कुमारी पन्तले आ.व. ०७७/७८, ०७८ /०७९को प्रगति प्रतिवेदन तथा ०७९/८०को प्रस्तावित बार्षिक कार्यक्रम र संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्रमान शाक्यले आ.व. ०७७/७८ र ०७८/०७९ को आर्थिक प्रगति प्रतिवेदन तथा […]
पूरा पढ्नुहोस्
७ जना कोभिड संक्रमित शनिवार भेटिए
काठमाडौं ,फागुन २७ आज (शनिवार) नेपालमा कोभिड १९ का ७ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। यही समयमा ३ हजार ९८६ जनाले कोभिडविरुद्धको खोप समेत […]
पूरा पढ्नुहोस्
ए डिभिजन लिग : तीन खेल आज हुँदै
काठमाडौं ,फागुन २७ आज (शनिबार) शहीद स्मारक ए डिभिजन लिग फुटबलमा तीन खेल हुँदै छ। तेस्रो चरणअन्तर्गत शनिबार च्यासल रंगशाला र दशरथ रंगाशालामा खेल हुन लागेको हो। दिउँसो साढे २ बजे च्यासलमा हुने खेलमा नेपाल पुलिस र संकट क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई खेलमा पराजित पुलिस आज पहिलो जितको खोजी मैदान उत्रिँदा संकटा पनि पहिलो जित दर्ता […]
पूरा पढ्नुहोस्
डढेलो नियन्त्रणका लागि चितवनमा उच्च सतर्कता अपनाइने
चितवन , फागुन २७ चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा हुने […]
पूरा पढ्नुहोस्




