आर्थिक
प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित
काठमाडौं, असार १३ सरकारको आगामि आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित गरियोस भन्ने पक्षमा १४७ मत र बिपक्षमा १०८ परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २५५ जना सदस्यहरु रहेका थिए । सभामुख देवराज घिमिरेले प्रस्तावको पक्षमा बहुमत […]
पूरा पढ्नुहोस्
बजेटको पक्षमा मतदान गर्ने : नेकपा एस
काठमाडौं, असार १३ नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मतदान गर्ने भएको छ । बुधबार संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा एस संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो । बिहान ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारितको प्रस्ताव प्रस्तुत हुँदैछ […]
पूरा पढ्नुहोस्
यात्रुलाई बिदाइ र स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन जनाभन्दा बढी जान नपाइने
काठमाडौँ, असार १३ अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई बिदाइ र स्वागत गर्न तीन जनाभन्दा बढी जान नपाउने भएका छन् । विमानस्थल कार्यालयले मंगलवार प्रेस विज्ञप्ति जारी गरेर भीडभाड नियन्त्रण गर्ने भन्दै बिदाइ र स्वागतका लागि यात्रुका तीन जनाभन्दा बढी आफन्त नआउन निर्देशन दिएको हो । व्यस्त समयमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा […]
पूरा पढ्नुहोस्
ग्राफिक मार्गको सुनको सिक्का उपहार तीन कम्पनीलाई
चितवन, असार १२ भरतपुर महानगरपालिका वडा नम्बर ११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रालीले सञ्चालन गरेको सुनको सिक्का अफरको प्रथम बिजेता पुरस्कार स्पन्दन यातायात सेवा प्रालीले पाएको छ । उक्त सिक्का उपहार आज ग्राफिकले कम्पनीका सञ्चालक गोविन्द तिवारीले प्राप्त गर्नुभएको हो । ग्राफिकले अफिससियल फेसबुक पेज मार्फत लाईभ प्रसारण गरेर प्रथम, द्वितिय र तृतिय गरी […]
पूरा पढ्नुहोस्
पूर्वी चितवनको रत्ननगर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक
चितवन, असार ११ चितवनको रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । हिजो आइतबार नगरकार्यपालिकाको सभाहलमा आयोजित १३औँ नगरसभामा नगरप्रमुख सापकोटाले १६ वटा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नगरप्रमुख सापकोटाले नगरक्षेत्रका मुख्य सडक र चोकहरुमा सडक बत्तीमार्फत उज्यालो रत्ननगर अभियान सञ्चालन गरिने, स्थानीय समावेशी सरसफाइ […]
पूरा पढ्नुहोस्
फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय
काठमाडौं, असार ९ अदालतले भारतीय चलचित्र प्रदर्शनका लागि बाटो खुला गरे पनि विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ । नेपाल चलचित्र संघले हिजो शुक्रबार एक विज्ञप्ति जारी गर्दै विवादित फिल्म ‘आदिपुरुष’ बाहेकका अन्य फिल्म मात्रै प्रदर्शन गर्ने उल्लेख गरेको हो । नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु […]
पूरा पढ्नुहोस्
सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी
काठमाडौँ, असार ९ सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ । हालसम्म कोषबाट […]
पूरा पढ्नुहोस्
लगातार घट्दै सुनकाे मूल्य
काठमाडौ, असार ८ सुनको भाउ लगातार चार दिन घटेको छ । गत मंगलबार अर्थात् असार ५ गते प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको मूल्य त्यसयता पनि लगातार घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम […]
पूरा पढ्नुहोस्
विगतका वर्षमा जस्तो यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री दाहाल
काठमाडौँ, असार ८ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका वर्षमा जस्तो यसवर्ष रासायनिक मलको अभाव नहुने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमा भन्दा सुदृढ भएको बताउनुभयो । “विसं २०७९ साउनदेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिकटन मल आयात […]
पूरा पढ्नुहोस्
शेयर बजार सामान्य वृद्धि
काठमाडौं, असार ७ तीन दिनको करेक्सनपछि शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो । बिहीबार उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बराबरले सकारात्मक रहेर २ हजार ५५ कायम भएर थामियो । अपरान्ह उकालो लागेर २ हजार ७५ सम्म पुगेपनि अन्तिमसम्म वृद्धि टिक्न नसकेको हो । कारोबार भने यसदिन पनि साढें ३ अर्ब हाराहारी रह्यो । […]
पूरा पढ्नुहोस्




