समाचार
आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने आयोगको प्रस्ताव
काठमाडौँ, मंसिर ८ निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको छ । बिहीबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । त्यसक्रममा आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघ ११ गते निर्वाचन गर्ने गरी मिति […]
पूरा पढ्नुहोस्
सरकारले लगायो नयाँ सहकारी दर्ता र कार्यक्षेत्र विस्तारमा रोक
काठमाडौँ, मंसिर ८ सरकारले नयाँ सहकारी दर्ता, शाखा विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाएको छ। २३ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ। सहकारी क्षेत्रका समस्या समाधानका लागि अर्को व्यवस्था नभएसम्मका लागि नयाँ सहकारी दर्ता तथा शाखा विस्तारमा रोक लगाइएको मन्त्रालका प्रवक्ता गणेशप्रसाद भट्टले जारी […]
पूरा पढ्नुहोस्
कर सप्ताह २०८० का अवसरमा उत्कृष्ट तीन करदातालाई सम्मान
भरतपुर, मंसिर ७ आन्तरिक राजस्व कार्यालय भरतपुरको आयोजनामा मंसिर १ गतेदेखि सञ्चालन भएको बाह्रौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० को एक कार्यक्रमका बीच समापन गरिएको छ । कर सप्ताह २०८० का अवसरमा उत्कृष्ट तीन करदातालाई सम्मान गरिएको हो । आज सम्मानित हुनेमा सेवातर्फ एनपिआई नारायणी सामुदायिक हस्पिटल, उद्योगमा एपोलो पेन्ट्स प्रालि र व्यापारतर्फ […]
पूरा पढ्नुहोस्
चितवनमा कृषि वैज्ञानिकको पहिलो सम्मेलन सुरु, विज्ञ तथा विद्यार्थीहरुकाे बाक्लाे उपस्थिति
भरतपुर, मंसिर ७ चितवनकाे रामपुरमा अवस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि वैज्ञानिक सम्मेलन आजवाट सुरु भएकाे छ । नेपालको कृषिको रुपान्तरणमा अनुसन्धान र प्रचारको भूमिका लक्षित पहिलो कृषि वैज्ञानिक सम्मेलनमा विज्ञ तथा विद्यार्थीहरुकाे बाक्लाे उपस्थिति रहेकाे हो । स्वदेश र विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन कृषि तथा वन विज्ञान विश्व विद्यालयमा सुरु भएको हो […]
पूरा पढ्नुहोस्
आजको मौसम : आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना
काठमाडौं, मंसिर ७ पहाडी भू–भागमा आंशिक बदली रहीबिहीबार बिहान देशका बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको […]
पूरा पढ्नुहोस्
उपत्यकामा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का
काठमाडौं, मंसिर ७ काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । राति अर्थात विहीबार विहान करिव १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्प ४ दशमलव ५ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु मकवानपुरको चित्लाङ भएको पनि केन्द्रले जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्
तुलसीको विवाह गरिने हरिबोधिनी एकादशी आज मनाइँदै
काठमाडौं, मंसिर ७ आज कार्तिक शुक्ल एकादशी अर्थात् भगवान विष्णुको विशेष पूजा गर्ने दिन हरिबोधिनी एकादशी । भगवान विष्णु (नारायण) को विशेष पूजा गर्नुका साथै यस दिन तुलसीको विवाह गरी मनाइन्छ । आषाढ शुक्ल एकादशीका दिन आँगनमा रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा अनुसार हरिबोधिनी एकादशीका दिन (आज) भगवान विष्णुसँगै विवाह गरिदिने प्रचलन छ […]
पूरा पढ्नुहोस्
पुस ४ गतेबाट ६ गतेसम्म बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन’ हुने
भरतपुर, मंसिर ६ चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन’ हुने भएको छ । कलेजद्वारा स्थापना भएको क्लब बोस्टन सेन्टर फर इन्फरमेशन एण्ड टेक्नोलोजीले पौष ४ देखि ६ गतेसम्म ‘बिआइसि ह्याकाथन’ कार्यक्रम गर्ने भएको हो। निरन्तर ४८ घण्टा चलिरहने सो कार्यक्रम सूचना प्रविधिसम्बन्धी प्रतिस्पर्धा हो।व्यक्ति तथा कम्प्युटर प्रोग्रामरबाट नयाँ सफ्टवेयर विकास गर्ने तथा अवस्थित सफ्टवेयरको […]
पूरा पढ्नुहोस्
हरिबोधिनी एकादशीमा गैँडाकोटमा सार्वजनिक बिदा
चितवन, मंसिर ६ भोली मंसिर ७ गते बिहीबार परेको हरिबोधिनी एकादशीको अवसरमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । गैँडाकोट नगरपालिकाले गत चैतमा गरेको निर्णय अनुसार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो । २०७९ चैत्र ४ गते बसेको गैँडाकोट नगरपालिका कार्यपालिकाको बैठकले संघीय तथा प्रदेश सरकारबाट तोकेका […]
पूरा पढ्नुहोस्
यमनसँग नेपाल २-० ले पराजित : विश्वकप छनोट
काठमाडौं, मंसिर ६ फिफा विश्वकप र एएफसी एशिया कप संयुक्त छनोटको दोस्रो चरणमा हिजो (मंगलवार) भएको यमनविरुद्धको खेलमा नेपाल पराजित भएको छ। राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनविरुद्ध २-० ले पराजित भएको हो। जितसँगै समूह ‘एच’ को यमनले २ खेलमा ३ अंक जोडेको छ भने दुवै खेलमा पराजित नेपालले कुनै अंक जोड्न सकेको […]
पूरा पढ्नुहोस्




