Saturday, October 10

समाचार

३ महिनाभित्रमा वीर अस्पतालमा बर्न वार्ड सञ्चालन हुने

काठमाडौं ,फागुन ६ वीर अस्पतालमा बर्न वार्ड सञ्चालनमा आउने भएको छ । ३ महिनाभित्रमा बर्न वार्ड सञ्चालनमा ल्याउने वीर अस्पतालले जनाएकाे हाे । २०७२ सालको भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । ३ महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आईसीयू), शल्यक्रिया कक्ष सञ्चालन हुने भएकाे छ । साेही अस्पतालमा नयाँ भवनबाट वार्ड […]

पूरा पढ्नुहोस्

आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ,फागुन ६ पछिल्लाे २४ घण्टामा थप ३ जनामा कोरोना क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ सय ३७ जनाको नमूना परीक्षण गरिएको हाे । १ सय ३ जनाको पीसीआर र ८ सय ३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, […]

पूरा पढ्नुहोस्

नामिबियासँग टस जितेर नेपालको फिल्डिङ :त्रिकोणात्मक सिरिज

काठमाडौं ,फागुन ६ आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजमा नेपाल र नामिबियाबीचको खेल सुरु भएको छ। आईसीसी लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर नामिबियाविरुद्ध फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो। घरेलु मैदानमा यसअघि भएका दुई खेलमा लगातार जित निकालेको नेपाल आज […]

पूरा पढ्नुहोस्

चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आव्हान

काठमाडौँ ,फागुन ६ आगामी १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले  राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ । प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए रिक्त रहेको चितवन–२ मा १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आव्हान गरेको हो । आयोगका अनुसार १० फागुन देखी १६ फागुनसम्म […]

पूरा पढ्नुहोस्

भोलि निर्वाचन आयोगले सातौँ निर्वाचन दिवस मनाउने

काठमाडौं ,फागुन ६ निर्वाचन आयोगले भोलि फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसापत्र प्रदान […]

पूरा पढ्नुहोस्

केही स्थानमा हल्का हुस्सु

काठमाडौं ,फागुन ६ उपत्यकामा आंशिक बदली रही केही स्थानमा हल्का हुस्सु लागेको छ। बाँकी ठाँउमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहान काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन भएको छ। प्रदेश १ को पहाडी क्षेत्रमा मौसम आंशिक बदली भइरहेको छ । प्रदेश १ मा दिउँसो पनि बदली रहने छ। […]

पूरा पढ्नुहोस्

सहकारी महासंघको व्यक्तिगत बचतको सीमाप्रति आपत्ति

काठमाडौं ,फागुन ५ राष्ट्रिय सहकारी महासंघले सहकारी ऐन, २०७४ संशोधन प्रस्तावमा व्यक्तिगत बचतमा सीमा तोक्ने दफा खारेज गर्न माग गरेको छ । महासंघले हिजो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सम्पती शुद्धीकरणसँग सम्बन्धित ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत सहकारी ऐन, २०७४ मा संशोधन प्रश्तावमा व्यक्तिगत वचतको सीमा तोक्ने दफा खारेज गर्न माग गरेको हो । महासंघले […]

पूरा पढ्नुहोस्

नयाँ राजनीति कोर्ष बन्ने : प्रमुख सचेतक लेखक

काठमाडौं ,फागुन ५  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गर्नुभएको छ । शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताउनुभयो । उहाँले […]

पूरा पढ्नुहोस्

सहमति गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं ,फागुन ५ प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ गठबन्धनका दलहरूले सहमति गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताएउनुभएको छ । शुक्रबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेपछि प्रधानमन्त्री दाहालले गठबन्धन कायम रहेको बताउनुभयो । प्रधानमन्त्री दाहाल र ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले एक/दुई […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय जनमोर्चाको ज्ञापनपत्र

काठमाडौं ,फागुन ५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रिय जनमोर्चाले  ज्ञापनपत्र बुझाएको छ । आज शुक्रबार बिहान अध्यक्ष चित्रबहादुर केसीसहितका नेताले बालुवाटारमा पुगेर नागरिकका समस्या समाधानको पहल गर्न माग गर्दै ज्ञापन पत्र बुझाउनुभएको हो । महँगी बढेको, लघवित्त र सहकारीबाट नागरिक पीडित बनेको, अराजकता बढेको, विदेशी शक्तिको हस्तक्षेप बढेको लगायतका विषयमा जनमोर्चाले ज्ञापनपत्र बुझाएको हो […]

पूरा पढ्नुहोस्