समाचार
प्रेरणा स्कुलमा स्काउटको प्रथम दिक्षान्त समारोहमा ३२ जना दिक्षीत
चितवन, फागुन ५ भरतपुर स्थित प्रेरणा स्कुलमा रहेको स्काउटका ३२ बिद्यार्थी दीक्षीत भएका छन् । बिहिबार बिद्यालयमा आयोजित दिक्षान्त समारोहमा स्काउटमा रहेका ३४ जना कुल सदस्य मध्य ३२ जना बिद्यार्थी दिक्षीत भएका हुन् । दिक्षीत भएकाहरु नेपाल स्काउटमा समेत सदस्य बनेका छन् । अन्य दुइ जनालाइ भने पुन एक कार्यक्रमको आयोजना गरी दिक्षीत गरिने प्रेरणा […]
पूरा पढ्नुहोस्
भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची
काठमाडौं ,फागुन ५ पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ ९७ पैसा र डिजलमा ६ रुपैयाँ ४० पैसा घटेको निगमले जनाएको हो । यसअघि मूल्य बढेर आएसंगै निगमले पेट्रोल र डिजलको मूल्य बढाएको थियो । यस अघि घाटामा रहेको निगम नयाँ मूल्यसूचीपछि […]
पूरा पढ्नुहोस्
अनेरास्ववियूको अध्यक्षमा समिक बडाल निर्वाचित
काठमाडौं , फागुन ५ नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत हिजो राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी हुनुभएको हो । बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाउनुभयो । त्यस्तै अध्यक्षका अर्का […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं , फागुन ४ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते हुँदैछ। त्रिभुवन विश्वविद्यालयले निर्वाचनको कार्यतालिका बिहीबार सार्वजनिक गरेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गरिने उल्लेख छ। यस्तै फागुन २५ गते मतदाता सूचीमा दाबीविरोधको समय तोकिएको छ। यस्तै फागुन २६ गते उम्मेदवारको […]
पूरा पढ्नुहोस्
एकल बिन्दुमा व्याजदर कायम गर्न नसकिने : अध्यक्ष केसी
काठमाडौं ,फागुन ४ तत्काल एकल बिन्दुमा व्याजदर कायम गर्न नसकिने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताउनुभएको छ । हिजो (बुधबार) नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आर्थिक सूचकहरुमा देखिएको सुधारले बिस्तारै व्याजदर घट्ने अवस्था देखिएपनि बैंकहरुले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्नसक्ने अवस्था नदेखिएको बताउनुभएको हो । उहाँले पछिल्लो समय […]
पूरा पढ्नुहोस्
आज पूर्व प्रधानमन्त्री खनाल भारत जाँदै
काठमाडौं ,फागुन ४ आज बिहीबार पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल भारत जाँदै हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन भारत जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ । सो क्रममा खनालको भारतीय कम्युनिस्टका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । बिहान १० बजे बुद्ध एयरको उडानबाट दुई […]
पूरा पढ्नुहोस्अधिकांश स्थानमा आज मौसम सामान्यतया सफा रहने
काठमाडौं ,फागुन ४ आज (बिहीबार) देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा केही ठाउँमा मौसम बदली हुने अनुमान गरिएको छ। विभागका अनुसार हाल बागमती, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।
पूरा पढ्नुहोस्
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं ,फागुन ४ गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो। प्रदेश राजपत्रमा विसं २०७९ मा सार्वजनिक बिदामा स्थापना दिवसको दिन समेत समावेश गरिएको हो। गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने […]
पूरा पढ्नुहोस्
मेयर बालेनसँग जरिवाना नअसुल्न अन्तरिम आदेश : सर्वोच्च अदालत
काठमाडौँ ,फागुन ३ सर्वोच्च अदालतले काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’सँग जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ। निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने भएपछि बालेन सर्वोच्च अदालत जानुभएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधवार आयोगका नाममा कारण देखाउ आदेश दिँदै अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चका प्रवक्ता विमल […]
पूरा पढ्नुहोस्
मुद्रास्फीति सर्वेक्षणको नतिजा राष्ट्र बैंकद्वारा सार्वजनिक
काठमाडौं ,फागुन ३ चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नेपाल राष्ट्र बैंकले नतिजा सार्वजनिक गरेको छ । गत पुषको अन्तिम साता २ हजार १० जनामा गरिएको सर्वेक्षणमा ८४ प्रतिशत बढी उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि दोहोरो अंकमा पुग्ने हुने आकलन गरेका छन् । जसमा ९२ प्रतिशत उत्तरदाताले आगामी […]
पूरा पढ्नुहोस्




