समाचार
चितवन–२ मा उपनिर्वाचन हुने
काठमाडौं ,माघ १४ सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ । यो क्षेत्रमा अब उपनिर्वाचन हुने भएको छ । सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आएपछि सरकारसँग परामर्श गरेर उपनिर्वाचनको प्रक्रिया सुरू गर्ने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन कहिलेसम्म गर्ने भन्नेबारे कानुनमा स्पष्ट […]
पूरा पढ्नुहोस्
यस वर्षको एसईई परीक्षा चैत १७ गते देखि हुने
काठमाडौं ,माघ १४ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । यही बुधबार बसेको बैठकको निर्णय अनुसार बोर्डले आज शनिबार परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ […]
पूरा पढ्नुहोस्
केपी ओली कप फुटबल प्रतियोगिता आउँदो फागुन ११ देखि हुने
काठमाडौं , माघ १३ राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार आउँदो फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ । काठमाडौंका विभिन्न खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुने टिमले १७ माघभित्र दर्ता गरिसक्नुपर्ने संघका अध्यक्ष अध्यक्ष […]
पूरा पढ्नुहोस्
विपक्षमा फैसला आएपछि रवि लामिछानेको मन्त्री र सांसद पद गुम्याे
काठमाडाैं , माघ १३ सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । सर्वोच्चले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै […]
पूरा पढ्नुहोस्
सर्वोच्चमा आज पनि गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ हुने
काठमाडौं , माघ १३ आज शुक्रबार पनि गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ हुँदैछ। यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। लामिछाने र सरकारी वकिलको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नेपाली नागरिकताको प्रयोग गरेको आरोप लामिछानेलाई लगाइएको छ। अमेरिकाको […]
पूरा पढ्नुहोस्
पहाडी भूभागमा आंशिक बदली : मौसम पूर्वानुमान विभाग
काठमाडौं ,माघ १३ आज देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान विभागले शुक्रबार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अनुमान गरेको छ। मौसमविद् वरुण पौडेलका अनुसार यी प्रदेशमा मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना छैन। अन्य प्रदेशको मौसम सामान्यतया सफा नै रहने अनुमान छ। हाल देशमा पश्चिमी न्यूनचापीय […]
पूरा पढ्नुहोस्
स्वास्थ्य सचिव पोखरेलद्वारा “सिएमसी क्यान्सर इन्स्टिच्यूट” को आज बिधिवत उद्धघाटन
चितवन, माघ १२ चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको “सिएमसी क्यान्सर इन्स्टिच्यूट” को आज औपचारिक उद्धघाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्धघाटन गर्नुभएको हो । कलेजको १६औँ वार्षिकोत्सवको अवसरमा इन्स्टिच्यूट सञ्चालनमा ल्याइएको हो । सो अवसरमा बोल्दै सचिव डा पोखरेलले क्यान्सर रोगको उपचारमा नेपाल सरकारले प्रभावकारी रुपमा […]
पूरा पढ्नुहोस्
देशैभर आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
चितवन , माघ १२ आज (बिहीबार) माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी, देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वलाई ‘श्रीपञ्चमी’ पनि भन्ने गरिन्छ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, […]
पूरा पढ्नुहोस्
गृहमन्त्री लामिछानेको मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुने
काठमाडौं ,माघ ११ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा परेको छ। बुधबार संवैधानिक पूर्ण इजालसमा भएको सनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो। आज कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो। उक्त मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुने बताइएको छ।
पूरा पढ्नुहोस्
राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सव समारोह कार्यक्रम सम्पन्न
काठमाडौँ ,माघ ११ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औं वार्षिकोत्सव समारोह उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हिजो (मंगलबार) एक समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने , […]
पूरा पढ्नुहोस्




