Friday, October 9

समाचार

रिक्त राष्ट्रिय सभामा एक पदका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं ,माघ ११ राष्ट्रिय सभामा रिक्त एक पदका लागि उम्मेदवारी दर्ता हुँदैछ। लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुन लागेको हो। मनोनय दर्ताका लागि आज विहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ। आजै उम्मेदवारको सूची प्रकाशन गरिने छ। नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा माघ […]

पूरा पढ्नुहोस्

आज बागमती प्रदेश सरकारले पूर्णता पाउने

काठमाडौं ,माघ ११  बागमती प्रदेश सरकारले आज (बुधबार) पूर्णता पाउने भएको छ । पाँच सदस्यीय मन्त्रालय निर्धारण कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो । कार्यदलले बुधबार मुख्यमन्त्री जम्मकट्टेललाई ११ वटा मन्त्रालय बनाउने रायसहितको प्रतिवेदन पेश गर्ने छ […]

पूरा पढ्नुहोस्

संघीयता र गणतन्त्रविरुद्ध बोल्ने मन्त्रीलाई कारवाही गर्ने : प्रधानमन्त्री दाहाल

काठमाडौं ,माघ १० प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिनुभएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदमा रहेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरोधी प्रचार प्रसार गर्ने छुट कसैलाई पनि नभएको भन्दै स्पष्टिकरण सोध्ने चेतावनी दिनुभएको हो । मन्त्रिपरिषद् बाहिर रहेर आफ्ना राजनीतिक गतिविधि अघि बढाउन पाइने भन्दै उहाँले संघीयता […]

पूरा पढ्नुहोस्

आजदेखि सूर्य नेपाल गल्फ टुरअन्तर्गत ‘एनपिजिए म्याच प्ले’ प्रतियोगिता सुरु

काठमाडौं ,माघ १० आज (मंगलबार) बाट सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तगर्तको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले  हुने भएको छ । प्रतियोगितामा अघिल्लो सिजन पूरा गरेर वरीयता बनाएका शिर्ष १६ गल्फरले सहभागिता जनाउँदैछन् । शिर्ष १६ मा रहेका चार गल्फर उपस्थिति नहुने भएपछि यसपटक २० औं वरियतासम्मकाले सहभागिता जनाउने नेपाल गल्फर एशोसिएशनका महासचिव दीपक […]

पूरा पढ्नुहोस्

आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं ,माघ १० आज प्रतिनिधि सभाको बैठक बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकका लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ। सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको  छ।

पूरा पढ्नुहोस्

देशको पश्चिमी क्षेत्रमा आज हिमपात र वर्षा

काठमाडौं , माघ १० आज (मंगलबार) पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले  देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको प्रक्षेपण गरिएको छ। वर्षा […]

पूरा पढ्नुहोस्

दलहरू उम्मेदवारको टुंगो लगाउँदै : राष्ट्रियसभा सदस्य उपनिर्वाचन

घोराही , माघ १० लुम्बिनी प्रदेशअन्तर्गत माघ २५ गते हुन लागेको  राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवारको टुंगो लगाउने कसरतमा जुटेका छन्। उम्मेदवारी दर्ताको मिति नजिकिँदा सत्तारुढ नेकपा एमाले र विपक्षी नेपाली काँग्रेसमा उम्मेदवारी टुंगो लगाउन अन्तिम कसरत गरेका छन्। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त उक्त सिटका लागि […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

काठमाडौँ ,माघ ९ नेपाली काँग्रेसलाई संघीय संसद् सचिवालयले  प्रमुख विपक्षी दलको मान्यता दिएको छ। काँग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखी संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि काँग्रेसले प्रमुख विपक्षी दलको हैसियत गुमाउने भन्दै विभिन्न टिप्पणी भएका थिए। अब […]

पूरा पढ्नुहोस्

कांग्रेस पदाधिकारी बैठक आज विहान बस्दै

काठमाडौं ,माघ ९ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। आज विहान ९ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको हो । आजको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सहमहामन्त्री भीष्मराज आङ्दम्बेले जानकारी  दिनु भएको छ ।

पूरा पढ्नुहोस्

देशभर आगामी जेठभित्र संगठन विस्तार गर्ने रास्वपाको निर्णय

काठमाडौं ,माघ ९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार गर्ने निर्णय गरेको छ। हिजो बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठभित्र देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा माघ १४ देखि प्रादेशिक भेला गर्ने उल्लेख छ। यसअनुसार माघ १४ गते प्रदेश १ को विराटनगरमा भेला हुनेछ। माघ १६ गते […]

पूरा पढ्नुहोस्