Friday, October 9

समाचार

आ–आफ्नै परम्परा अनुसार मनाउँदै , आज माघे संक्रान्ति

काठमाडौं , माघ १ माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर  मनाइँदै छ  । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । आज घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो एवम् खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने […]

पूरा पढ्नुहोस्

सभामुखका लागि मधेश प्रदेशमा आज उम्मेदवारी दर्ता

काठमाडौँ, पुस ३० मधेश प्रदेशसभा सभामुखको उम्मेदवारी दर्ता गरिँदैछ। प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा शनिबार बिहान ११ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम माघ २ गते हुने निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता र नामावली प्रकाशन हुनेछ। सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा […]

पूरा पढ्नुहोस्

काठमाडौंको तापक्रम आज ४ डिग्री सेल्सियस

काठमाडौँ, पुस ३० आज बिहानैदेखि देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ।शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ। जल तथा मौसम विज्ञान विभागले कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रमा मौसम बदली भएको जनाएको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो कायमै छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा नै […]

पूरा पढ्नुहोस्

कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्नेछौँ : अध्यक्ष नेपाल

काठमाडौं,पुस २९ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्नु भएको छ ।  आज (शुक्रबार) अध्यक्ष नेपालले नेता भुसाललाई पार्टीमा स्वागत गर्दै पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताउनुभयो । अध्यक्ष नेपालले इमानदार कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताउनु भएको  हो ।

पूरा पढ्नुहोस्

आठ दलको निवेदन : निर्वाचन आयोग

काठमाडौं , पुस २९ माघ ८ गतेका लागि निर्धारित राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भाग लिन आठ राजनीतिक दलले निवेदन दर्ता गराएका छन्। निर्वाचन आयोगले उपनिर्वाचनको दल दर्ताका लागि पुस २५ गतेदेखि २८ गतेको समयसीमा निर्धारण गरेको थियो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आठवटा राजनीतिक दलले भाग लिन निवेदन दर्ता गराएका हुन् । […]

पूरा पढ्नुहोस्

थारु समुदायको उत्थान, विकासका लागि लाग्नेछु– गृहमन्त्री लामिछाने

चितवन ,पुस २९ उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताउनुभएको छ । पूर्वी चितवनको खैरहनीमा  हिजोदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पु¥याउने छु […]

पूरा पढ्नुहोस्

सिएमसी क्यान्सर इन्स्टिच्यूटमा सरकारी अस्पतालकै शुल्कमा क्यान्सरको उपचार सुरु

 चितवन ,पुस २८ नेपाल सरकारले तोकेको विपन्न उपचार शुल्कमै चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको  “सिएमसी क्यान्सर इन्स्टिच्यूट” ले क्यान्सरको उपचार शुरु गरेको छ । जसको आगामी माघ १२ गते बिधिवत उद्घाटन गरिने  मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले बताउनुभयो । इन्स्टिच्युटका प्रमुख डा सुवास ठाकुरका अनुसार रक्त क्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको उपचार सुरु […]

पूरा पढ्नुहोस्

ब्याजदर घटाउने नेपाल बैंकर्स संघको निर्णय

काठमाडौँ, पुस २८ आगामी माघदेखि वाणिज्य बैंकहरुले  निक्षेपको ब्याजदर घटाउने भएका छन् ।नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । मुद्दती खाताको ब्याज दर घट्दा तत्कालै ऋणीहरुलाई ठूलो राहत नहुने भए पनि बैंकहरुको ब्याजको आधार दर घट्दा केही राहत भने हुने बैंकरहरुले बताएका […]

पूरा पढ्नुहोस्

सत्तारुढ दलको बैठक आज बस्दै

काठमाडौँ, पुस २८ सत्ता साझेदार दलहरूको बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय टुंगो लगाउने बताईएको छ । यसैगरी, बाँकी […]

पूरा पढ्नुहोस्

कांग्रेस सरकारमा सहभागी हुँदैन : वरिष्ठ नेता पौडेल

काठमाडौँ, पुस २७ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पार्नु भएको छ । बुधबार पृथ्वी जयन्तिको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । वरिष्ठ नेता पौडेलले ५ वर्ष भित्र मुलुकमा धेरै ठूलो विकासमा फड्को […]

पूरा पढ्नुहोस्