Friday, October 9

समाचार

आज प्रतिनिधि सभाको सभामुखका लागि निर्वाचन हुँदै

काठमाडौं ,माघ ५ आज प्रतिनिधि सभाको सभामुखका लागि  मतदान हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । प्रतिनिधि सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनबाट नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा झापा २ बाट निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । […]

पूरा पढ्नुहोस्

निर्वाचनमा आफ्ना उम्मेदवारलाई मत दिन काँग्रेसको ह्विप

काठमाडौँ , माघ ४ नेपाली काँग्रेसले सभामुखको निर्वाचनमा आफ्ना उम्मेदवारलाई मत दिन ह्विप जारी गरेको छ। संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले उक्त ह्विप  जारी गर्नुभएको हो । माघ ५ गते प्रतिनिधि सभा बैठकमा सभामुखको निर्वाचन हुँदै छ। उक्त बैठकमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सबै सांसदलाई अनिवार्य उपस्थित भई तटस्थ नरही ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न  तथा […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मूल्य आज घट्यो

काठमाडौं ,माघ ४ आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रूपैयाँले घटेर एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ४ हजार रूपैयाँमा कारोबार भइरहेको […]

पूरा पढ्नुहोस्

सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं , माघ  ४ आज प्रतिनिधिसभाको सभामुखका लागि  उम्मेदवारी दर्ता हुँदैछ। सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ । महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गर्नुभएको हो । प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । सभामुख चयनसँगै माघ ७ गते उपसभामुख […]

पूरा पढ्नुहोस्

राष्ट्रपति र सभामुखमा सहमति गर्न तयार छौं : कांग्रेस प्रमुख सचेतक लेखक

काठमाडौं ,माघ ३ प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुख पदको चयन दलहरुबीचको सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राख्नुभएको हो । प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका निमित्त पनि सहमति गरेर अघि जान सकिन्छ भनेर विषय प्रवेश गराउनुभएको नेपाली […]

पूरा पढ्नुहोस्

संसद सचिवालयले आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै

काठमाडौं ,माघ ३ प्रतिनिधि सभामा सभामुखको निर्वाचनका लागि संसद सचिवालयले आज (मंंगलबार) निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । गत पुस २६ गते बसेको प्रतिनिधि सभाको बैठकमा जेष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका लागि तोक्नु भएको थियो । सोही अनुसार संघीय संसद सचिवालयले सभामुख चयनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको […]

पूरा पढ्नुहोस्

नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची

काठमाडौँ  ,माघ २  भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ। यस्तै डिजेलमा भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ […]

पूरा पढ्नुहोस्

विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

काठमाडौं , माघ २ सरकारले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । हिजो (आइतबार ) आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका  अनुसार यसको अनुगमन नागरिक उड्डयन […]

पूरा पढ्नुहोस्

भूकम्प सुरक्षा दिवसमा आज ‍औपचारिक कार्यक्रम नहुने

काठमाडाैं , माघ २ आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा औपचारिक कार्यक्रम नहुने भएको छ। पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा दिइएकाले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह स्थगित गरिएको छ। वि.सं १९९० माघ २ गते विनाशकारी भूकम्प गएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी थियो ।

पूरा पढ्नुहोस्

माघे संक्रान्तिकाे अवसरमा प्रधानमन्त्री दाहालकाे शुभकामना सन्देश

काठमाडाैं , माघ १ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताउनुभएकाे छ । आज माघे संक्रान्ति पर्वको अवसरमा एक शुभकामना सन्देश दिदै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेको सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताउनुभएकाे […]

पूरा पढ्नुहोस्