राजनीति
सक्षम र भरोसायोग्य न्यायप्रणाली बनोस् : कामु प्रधानन्यायाधीश कार्की
काठमाडौँ, बैशाख १ कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका प्रयासहरूलाई सार्थक र परिणाममुखी बनाई सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीको स्थापना र विकास गर्न नयाँ वर्षमा सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ । कामु प्रधानन्यायाधीश कार्कीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा विक्रम संवत् २०८० को प्रारम्भ अर्थात् नववर्षको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण […]
पूरा पढ्नुहोस्
व्यक्तिगत घटना दर्ता सप्ताह आजदेखि : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
काठमाडौं, बैशाख १ व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक होउन् भन्ने उद्देश्यले सरकारले आजदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि सात गतेसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन हुने जनाएको छ। विभागले सबै स्थानीय तहलाई परिपत्र गर्दै वैशाख पहिलो साता व्यक्तिगत घटना दर्ताका लागि […]
पूरा पढ्नुहोस्
कांग्रेसलाई चुनावअघिको गठबन्धनले घाटा भयो : पूर्वराष्ट्रपति यादव
काठमाडौं, चैत्र ३० चुनावअघिको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले बताउनुभएको छ । बिहीबार काठमाडौंमा ‘द आइरन म्यान’ पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै प्रथम राष्ट्रपति यादवले चुनावपूर्वको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको बताउनुभएको हो । उहाँले पार्टीहरुले आफ्नो आदर्श र सिद्धान्त जनतालाई भनेर जनताको मत लिनुपर्ने बताउनुभयो । एकले अर्कालाई मत हाल्दा कांग्रेसका […]
पूरा पढ्नुहोस्
नेपाल बार एशोसिएसन : प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने
काठमाडौं, चैत्र ३० प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने नेपाल बार एशोसिएसनले चेतावनी दिएको छ । नेपाल बार एशोसिएसनले हिजो बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश नियुक्तिका विषयमा बिहीबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने र दशदिनभित्र नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका नेतृत्वविहीन भएको […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभाको बैठक सर्यो
काठमाडौं, चैत्र २९ सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । भोलि बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४ गतेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ । ‘मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस […]
पूरा पढ्नुहोस्
सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपने :कांग्रेस नेता कार्की
काठमाडौं, चैत्र २९ सत्तारुढ नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सुरक्षण मुद्रणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएका नेता कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सो मुद्रणका लागि आवश्यक बजेट विनियोजन गर्न नसक्ने हो भने सरकारले ‘सुरक्षण मुद्रणसम्बन्धि विधेयक २०७७’ लाई अगाडि बढाउनुको कुनै अर्थ […]
पूरा पढ्नुहोस्
दलहरुको सहमतिमा विधेयकहरु अघि बढाउनुपर्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं, चैत्र २९ प्रधानमन्त्री पुष्पकमल दाहालले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने बताउनुभएको छ । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहनु भएका प्रधानमन्त्री दाहालले सबै विधेयकहरु प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुको सहमतीमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यक्ता भएको उल्लेख गर्दै त्यसैमा जोड दिएर अघि बढन पार्टीका सांसदहरुलाई पनि निर्देशन दिनुभयो […]
पूरा पढ्नुहोस्
मतपत्र छपाइको काम सकियो : निर्वाचन आयोग
काठमाडौं, चैत्र २८ आगामी बैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेश प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा […]
पूरा पढ्नुहोस्
सरकारले बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर उठाउन पहल गर्ने
काठमाडौँ, चैत्र २८ सरकारले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने भनी दिनुभएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिई आवश्यक पहल अघि बढाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने […]
पूरा पढ्नुहोस्
फेरि कांग्रेसले सरकारको नेतृत्व लिन्छ : सभापति देउवा
काठमाडौं, चैत्र २८ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गर्नु भएको छ । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताउनुभएको हो । मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उहाँले अहिले संयुक्त सरकार भएकाले […]
पूरा पढ्नुहोस्




