Saturday, October 10

राजनीति

उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन : स्ववियु निर्वाचन

काठमाडौं ,फागुन २९ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ। निर्वाचन कार्यतालिकाअनुसार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। शनिवार उम्मेदवारी दर्ता गरिएको थियो भने आइतवार दाबीविरोध भएको थियो। स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाको बैठक चैत ८ गते बस्ने

काठमाडौं ,फागुन २८ सोमबारका लागि तोकिएको संघीय संसद राष्ट्रिय सभाको बैठक सरेको छ । राष्ट्रिय सभाको सचिवालयले आइतबार सूचना जारी गरी सोमबार फागुन २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक आगामी चैत ८ गते बुधबार अपराह्न १ बजेका लागि तोकको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपदफा (३) बमोजिम […]

पूरा पढ्नुहोस्

कांग्रेसबाट नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा राजीनामा

काठमाडौं ,फागुन २८ नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहनुभएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाउनुभएको हो । पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाउनुभएको छ । कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयले […]

पूरा पढ्नुहोस्

४ जना उम्मेदवारबीच उपराष्ट्रपति पदका लागि प्रतिष्पर्धा हुने

काठमाडौं ,फागुन २८ उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो । उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता […]

पूरा पढ्नुहोस्

आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिँदै

काठमाडौं ,फागुन २८ गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिंदै छ । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलले सोमबार शपथ लिएसँगै भण्डारीले शितलनिवास छाड्नुहुनेछ । उहाँ सोमबार शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने भण्डारीको सचिवालयले जनाएको छ । भण्डारी २०७२ साल कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ […]

पूरा पढ्नुहोस्

उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै : निर्वाचन आयोग

काठमाडौं , फागुन २८     उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज  उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरि  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ। आज उमेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन कार्यतालिकामा उल्लेख छ। यसअघि उपराष्ट्रपतिको निर्वाचनका लागि हिजो उमेदवारको मनोनयन दर्ता गरिएको थियो । हिजो नै उमेदवारविरुद्ध उजुरी दिने निर्वाचन कार्यतालिका थियो। […]

पूरा पढ्नुहोस्

शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ : कांग्रेस नेता पौडेल

काठमाडाैं , फागुन २७ नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँको बूढानीलकण्ठमा सञ्चालित ज्ञान चक्षु स्कुलको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले शिक्षा क्षेत्र प्रविधिमैत्री र प्रतिस्पर्धात्मक हुँदै गएकाले समयानुकूल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको हो । “सरकारी विद्यालयभन्दा निजीस्तरका विद्यालयको शैक्षिक गुणस्तर […]

पूरा पढ्नुहोस्

सत्ता साझेदार दलको बैठक बिहान बस्दै

काठमाडौं ,फागुन २७ आज (शनिबार) उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  बिहान साढे ८ बजेका लागि बोलाइएको छ। जसपाले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउँदै गर्दा जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपति उम्मेदवारबारे विवाद हुने देखिएपछि बैठक बसी सर्वसम्मत उम्मेदवारको टुंगो लगाउन […]

पूरा पढ्नुहोस्

आज एमालेको सचिवालय बैठक

काठमाडौं ,फागुन २७ आज (शनिबार) नेकपा एमालेले सचिवालय बैठक  बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान साढे ९ बजे बैठक बोलाइएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल हुनेछ। शनिबार नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका छ।

पूरा पढ्नुहोस्

उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता : उपराष्ट्रपति निर्वाचन

काठमाडौं ,फागुन २७ निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज (शनिबार) उम्मेदवारको मनोनयन–पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ। दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ […]

पूरा पढ्नुहोस्