Friday, October 9

राजनीति

प्रतिनिधिसभाका सभामुख चयनका लागि माघ ५ गते निर्वाचन

काठमाडौँ, पुस २६ प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ। संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको  हो   ।

पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै

काठमाडौँ, पुस २६ आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संघीय संसदमा विश्वासको मत  लिने हुनुभएको छ ।  आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत  लिन लाग्नु भएको हो । नेपालको संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त  […]

पूरा पढ्नुहोस्

मतदाता नामावली संकलन र अद्यावधिक माघ २ गतेदेखि सुरु

 काठमाडौँ, पुस २६ निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली संकलन र अद्यावधिको काम बन्द गरेको थियो ।

पूरा पढ्नुहोस्

अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैन : सांसद प्रदीप पौडेल

काठमाडौं , पुस २५ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संविधानले सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरेकाले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नरहेको बताउनुभयो । उहाँले कांग्रेसका लागि प्रतिपक्षको भुमिका अवसर रहेकाले यो […]

पूरा पढ्नुहोस्

संघीय संसद् अधिवेशन आजदेखि सुरू हुँदै

काठमाडौं ,पुस २५ आज सोमबारदेखि गत मंसिर ४ गते सम्पन्न भएकाे आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन  सुरू हुने भएकाे छ । निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिलो पटक अधिवेशन प्रारम्भ हुन लागेको हो । पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीको […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री दाहालसँग नेपाल र यादवको भेटवार्ता

काठमाडौं,  पुस २४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गर्नु भएको छ । आज आइतबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग नेपाल र यादवले भेटवार्ता गर्नु भएको हो  । साेही भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भेटवार्तामा नेपाल […]

पूरा पढ्नुहोस्

सरकारलाई सही तवरले गाइड गर्छौं :अध्यक्ष ओली

काठमाडौं,  पुष २३ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई आफ्नो दलले सफल बनाउन सही तवरले गाइड गर्ने बताउनु भयो । आज (शनिबार) पार्टीबाट निर्वाचित सांसदहरुलाई अभिमुखीकरण दिने क्रममा उहाले यस्तो बताउनु भएको हो । ‘हाम्रो कर्तव्य यो सरकारलाई सफल बनाउने हो । सफल सरकार बनाउँछौँ र त्यसका लागि उपयुक्त […]

पूरा पढ्नुहोस्

रणनीति तय गर्न आज कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं, पुस २३ नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ बजे  संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । पुस २५ गते संसद् अधिवेशन बोलाइएको र २६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम रहेकाले कांग्रेसले आज आवश्यक रणनीति लिन संसदीय दलको बैठक बोलाएको हो। बैठकमा संसदमा बैठकमा कसरी प्रस्तुत […]

पूरा पढ्नुहोस्

आज न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिइने

काठमाडौं ,पुस २२ सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक आज बस्दै छ। एमाले तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ। अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भए पनि सहमति जुट्न सकेन। कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थताका कारण […]

पूरा पढ्नुहोस्

कांग्रेस संसदीय दलको बैठक भोली बस्दै

काठमाडौं, पुस २२ नेपाली कांग्रेस संसदीय दलको बैठक  शनिबार बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी पुष २६ गते विश्वासको मत लिनु हुने भएको छ । प्रचण्डले संसदमा विश्वासको लिँदै गर्दा कांग्रेसले आवश्यक रणनीति तय गर्नका लागि संसदीय दलको बैठक बोलाइएको बताइएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । […]

पूरा पढ्नुहोस्