राजनीति
देश बनाउने सवालमा नेताहरू इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ, साउन १७ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने सवालमा नेताहरू इमान्दार बन्नुपर्ने बताउनुभएको छ । अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समयमा राजनीतिक दलका शीर्ष नेताहरू नै देशप्रति इमान्दार नभएको भन्दै देश र जनतालाई साक्षी राखेर इमानदारिता कायम गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक दलका नेताहरू […]
पूरा पढ्नुहोस्
आजको प्रतिनिधि सभाको बैठक पनि बस्दै नबसी स्थगित
काठमाडौं, साउन १६ प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडान कायमै राखेपछि मंगलबार १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर साउन २२ गते सोमबार बस्नेगरी स्थगित गरिएको हो ।
पूरा पढ्नुहोस्
स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दै
काठमाडौं, साउन १६ संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सोमबार पनि एमालेले अवरोध गर्ने भएपछि सभामुख देवराज घिमिरेले सूचना टाँस्न लगाएर बैठक मंगलबार दिउँसोसम्मका लागि स्थगित गर्नुभएको थियो । आज मंगलबार बैठक बस्नु अघि नै कुनै सहमति भए […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छलफल
काठमाडौं, साउन १६ संसद्को अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा प्रतिनिधिसभाको बैठक सहज ढङ्गले सञ्चालन गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच […]
पूरा पढ्नुहोस्
स्वचालित प्रणालीमा कर्मचारीहरुको सरुवा हुनुपर्छ : मन्त्री ज्वाला
काठमाडौं, साउन १६ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताउनुभएको छ । हिजो सोमबार एकीकृत सरकारी कर्मचारी संगठनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित रुपमा हुनुपर्ने बताउनुभएको हो । उहाँले आफ्नो नजिकको मान्छेलाई पुरस्कार स्वरुप सजिलो ठाउँमा र अरुलाई दण्डित गरेजस्तो अप्ठ्यारो ठाउँमा पठाउने […]
पूरा पढ्नुहोस्
राजनीतिक परिवर्तन भए पनि मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
काठमाडौँ, साउन १५ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताउनुभएको छ । समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा उहाँले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको बताउनुभयो । विश्वका विभिन्न देशमा प्रयोग भएका समाजवादको […]
पूरा पढ्नुहोस्
देशलाई कमिसन र भ्रष्टाचारले बर्बाद बनायो : गृहमन्त्री श्रेष्ठ
काठमाडौं, साउन १३ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले सुशासनलाई पहिलो शर्त बनाएको दाबी गर्नुभएकाे छ । शनिबार गोकर्णेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धनलाई पहिलो शर्त बनाएर सरकारले काम गरिरहेकाे दाबी गर्नुभयाे । मुलुकमा सुशासन कायम गर्न सरकारले चालेको भ्रष्टाचार विरुद्धको अभियानमा सबैको साथ चाहिने उहाँले बताउनुभयाे ।
पूरा पढ्नुहोस्
नेपाल बाघको संरक्षणमा अग्रणी मुलुक : प्रधानमन्त्री दाहाल
काठमाडौं, साउन १३ प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताउनु भएको छ । विश्व बाघ दिवसका अवसरमा शनिबार शुभकामना दिँदै उहाँले नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो लक्ष्य निर्धारित अवधि अगावै पूरा भएकामा सबैप्रति बधाई ज्ञापन गर्नुभएको हाे । […]
पूरा पढ्नुहोस्
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित
काडमाडौं, साउन १२ राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ । हिजो बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले सभाका सचिव डा. सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो । सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधि सभाले […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कनुहुँदै
काठमाडौं, साउन १२ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै […]
पूरा पढ्नुहोस्




