राजनीति
आगामी असोज २ मा कांग्रेस केन्द्रीय समितिको अर्को बैठक बस्ने
काठमाडौं, साउन ११ नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको अर्को बैठक आगामी असोज २ गते बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले साउन २ देखि जारी केन्द्रीय समिति बैठकका निर्णय पारित गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिए। कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ।
पूरा पढ्नुहोस्
आगामी मंसिरमा महासमिति बैठक गर्ने कांग्रेसको निर्णय
काठमाडौं, साउन ११ नेपाली कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो । १४ औं महाधिवेशनका बेला नेतृत्व मात्रै चयन गरेको कांग्रेसले नीति अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय गरेको थियो । तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति […]
पूरा पढ्नुहोस्
आज पनि कोशी प्रदेश सरकारको वैधानिक वहस हुने
काठमाडौं, साउन १० कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा सर्वोच्च अदालतमा बुधबार पनि वहस निरन्तर हुने भएको छ । मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ । बुधबार पुनः वहस जारी रहने छ । गत सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको […]
पूरा पढ्नुहोस्
आज पनि काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ, साउन १० नेपाली काँग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ः०० बजे बोलाइएको छ । गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि गत सोमवारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राख्नुभएको थियो । जसअनुसार उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री […]
पूरा पढ्नुहोस्
आज प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौँ, साउन १० आज प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संसद्मा पेस हुनेछ […]
पूरा पढ्नुहोस्
निर्वाचन आयोग : खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना
काठमाडाैं, साउन ९ निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने एक हजार ३७ जना र प्रदेशसभातर्फका एक हजार तीन सय ९८ जनासमेत जम्मा दुई हजार चार सय ३५ जना उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा […]
पूरा पढ्नुहोस्
एमाले अध्यक्ष ओली स्वदेश फिर्ता
काठमाडौं, साउन ९ नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता हुनुभएको छ । कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि त्यहाँ पुग्नुभएका उहाँ सोमबार राति स्वदेश फर्किनुभएको हो । कम्बोडियाको सातौँ राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षण गर्न ओली यही साउन २ गते कम्बोडिया जानुभएको थियो ।
पूरा पढ्नुहोस्
मंगलबारदेखि पूर्ण इजलासले निरन्तर सुनुवाइ गर्ने : कोशी प्रदेश सरकार गठन
काठमाडौं, साउन ८ कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उक्त रिटमाथिको सुनुवाइ पूर्णइजलासबाट हुने आदेश दिएको हो । उक्त रिटमाथि पूर्ण इजलासमा मङ्गलबारदेखि नै सुनुवाइ हुनेछ ।
पूरा पढ्नुहोस्
राजनीतिक सन्तुलन कायम गरियोस् : जीवन परियार
काठमाडौं, साउन ८ नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियारले भ्रातृ संस्थाहरुको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गर्नुभएको छ । हिजो आइतबार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले पार्टीको भ्रातृ संस्थाहरु गठन गर्दा संस्थापन पक्षले एकलौटी गरेको बताउनुभयो । उहाँले अघिल्लो केन्द्रिय कार्यसमिति बैठकले भ्रातृसंस्था बनाउँदा नेताहरुसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेपनि […]
पूरा पढ्नुहोस्
उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौँ, साउन ७ राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पूरा पढ्नुहोस्




