राजनीति
बजेटमाथि प्रतिनिधिसभा बैठकमा आज पनि छलफल
काठमाडौँ, जेठ २५ प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ। संघीय संसद् भवन, बानेश्वरमा सो बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुनेछ । बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सामान्य छलफल जारी रहनेछ।
पूरा पढ्नुहोस्
भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री दाहाल
काठमाडौं, जेठ २४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भूमि सट्टापट्टाबारे निर्णय भइसकेको जानकारी दिनुभएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमण, नागरिकता विधेयक प्रमाणीकरणबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग भूमि सट्टापट्टाबारे अरुले नै निर्णय गरिसकेका र यसको प्रमाण समय आएपछि देखाउने बताउनुभएको छ । यसबारे बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, […]
पूरा पढ्नुहोस्
आज पनि प्रतिनिधिसभा बैठक बस्ने
काठमाडौं, जेठ २४ प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूचि रहेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले बुधबार पनि निरन्तरता पाउने भएको हो ।
पूरा पढ्नुहोस्
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
जनकपुरधाम, जेठ २३ मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नो नीति […]
पूरा पढ्नुहोस्
आज पनि प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं, जेठ २३ संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । बैठकमा आज (मंगलबार) पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । हिजोबाट शुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । प्रतिनिधिसभा […]
पूरा पढ्नुहोस्
मानवअधिकार आयोग : वातावरण प्रदूषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह
काठमाडौं, जेठ २२ राष्ट्रिय मानवअधिकार आयोगले वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन नेपाल सरकारलाई आग्रह गरेको छ । आज विश्व वातावरण दिवसका अवसरमा आयोगले विज्ञप्ति जारी गर्दै स्वच्छ वातावरणीय हक सुनिश्चित गर्न सो आग्रह गरेको हो । स्वच्छ वातावरणीय अधिकारको सुनिश्चितताका लागि आयोगले विगतमा गरेका सिफारिस एवम् सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणको संवैधानिक […]
पूरा पढ्नुहोस्
जबर्जस्ती धर्म परिवर्तन गराउनुहुँदैन : मन्त्री आचार्य
काठमाडौं, जेठ २२ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपालमा व्यक्तिले आफ्ना इच्छाअनुसार धर्म मान्न पाउने अधिकार रहेको तर जबर्जस्ती धर्म परिवर्तन गराउन नपाउने बताउनुभएको छ । ललितपुरमा आज आयोजित ‘लोकतन्त्रमा धर्म तथा आस्थाको स्वतन्त्रता’ विषयक कार्यशालामा उहाँले राज्यको धर्म नभएको र धार्मिक स्वतन्त्रताको निम्ति राज्य सधैँ गम्भीर रहेको बताउनुभयो ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठकमा : ‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाइयो
काठमाडौँ, जेठ २२ प्रतिनिधिसभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो । बैठकमा सार्वजनिक महत्त्वको विषयमा जानकारी दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका विषयमा सदनलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री दाहालको भारत भ्रमणको जानकारीपछि […]
पूरा पढ्नुहोस्
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक : कर्णाली प्रदेश
सुर्खेत, जेठ २१ कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ दीर्घकालीन सोच अनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादनमा लक्षित नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । […]
पूरा पढ्नुहोस्
सर्वोच्च अदालत : नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश
काठमाडौं, जेठ २१ सर्वोच्च अदालतले नागरिकता ऐन तत्कालका लागि कार्यान्वयन नगर्न र यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाऊ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश दिएको हो। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रारम्भिक […]
पूरा पढ्नुहोस्




