Sunday, October 18

वाग्मती

आजको प्रतिनिधि सभाको बैठक पनि बस्दै नबसी स्थगित

काठमाडौं,  साउन १६ प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडान कायमै राखेपछि मंगलबार १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर साउन २२ गते सोमबार बस्नेगरी स्थगित गरिएको हो ।

पूरा पढ्नुहोस्

स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं, साउन १६ संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सोमबार पनि एमालेले अवरोध गर्ने भएपछि सभामुख देवराज घिमिरेले सूचना टाँस्न लगाएर बैठक मंगलबार दिउँसोसम्मका लागि स्थगित गर्नुभएको थियो । आज मंगलबार बैठक बस्नु अघि नै कुनै सहमति भए […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छलफल

काठमाडौं, साउन १६ संसद्को अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा प्रतिनिधिसभाको बैठक सहज ढङ्गले सञ्चालन गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच […]

पूरा पढ्नुहोस्

आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाडौं, साउन १६  नेपालका खेलाडीले सातौं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा चुनौति प्रस्तुत गर्ने भएका छन् । आगामी अगस्ट ४ देखि ६ तारिखसम्म भारतको हैदरावादमा हुने च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका हुन् । त्यसका लागि १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली हिजो सोमवार भारतको हैदरावाद प्रस्थान गरेको छ ।

पूरा पढ्नुहोस्

स्वचालित प्रणालीमा कर्मचारीहरुको सरुवा हुनुपर्छ : मन्त्री ज्वाला

काठमाडौं, साउन १६ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताउनुभएको छ । हिजो सोमबार एकीकृत सरकारी कर्मचारी संगठनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले निजामती कर्मचारीहरुको सरुवा स्वचालित रुपमा हुनुपर्ने बताउनुभएको हो । उहाँले आफ्नो नजिकको मान्छेलाई पुरस्कार स्वरुप सजिलो ठाउँमा र अरुलाई दण्डित गरेजस्तो अप्ठ्यारो ठाउँमा पठाउने […]

पूरा पढ्नुहोस्

दिउँसो देशभर आंशिक देखि सामान्य बदली

काठमाडौं, साउन १६ नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। मंगलबार बिहान देशभर आंशिक देखि सामान्य, बदली रही कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो […]

पूरा पढ्नुहोस्

सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं, साउन १५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लम्पी स्किन, डेङ्गीजस्ता सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिनुभएको छ । नेपाल सरकारका मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग समसामयिक विषयमा बसेको बैठकमा उहाँले लम्पी स्किन, डेङ्गीजस्ता सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणकाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने निर्देशन दिनुभएको […]

पूरा पढ्नुहोस्

मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौँ, साउन १५ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । यसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती र सुदूरपश्चिम […]

पूरा पढ्नुहोस्

राजनीतिक परिवर्तन भए पनि मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल

काठमाडौँ, साउन १५ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताउनुभएको छ । समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा उहाँले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको बताउनुभयो । विश्वका विभिन्न देशमा प्रयोग भएका समाजवादको […]

पूरा पढ्नुहोस्

साउन १५ अर्थात खीर खाने दिन आज

काठमाडौँ, साउन १५ आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने […]

पूरा पढ्नुहोस्