Sunday, October 18

वाग्मती

आज सेयर बजारमा सामान्य सुधार

काठमाडौं, साउन १८ सेयर बजार बिहीबार सामान्य सुधार देखिएको छ। यस दिन नेप्से सूचक ३ अंकले बढेको हो । यससँगै सूचक २०८९.८४ विन्दुमा अडिएको छ। १ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। मौद्रिक नीतिपछि घट्न थालेको बजार बुधबार सामान्य सकारात्मक बनेको थियो । बिहीबार पनि सूचकमा […]

पूरा पढ्नुहोस्

संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौं, साउन १८ संवैधानिक परिषद्को बैठक बिहीबार साँझ ५ बजे बस्दैछ । गत मंगलबार बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति तथा अन्य संवैधानिक निकायमा रिक्त पदपुर्तीको लागि कुनै निर्णय गर्न नसकेपछि बिहीबार पुनः बैठक बस्न लागेको हो । मंगलबार प्रधानन्यायाधीशको नाम सिफारिस गर्न भनेर बसेको बैठक नाममा प्रवेश नै नगरी स्थगित भएको थियो । साउन २० गत […]

पूरा पढ्नुहोस्

आजबाट महिला विश्वकप फुटबलमा समुह चरणका खेल सकिने

काठमाडौं, साउन १८ अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलमा बिहीबारबाट समुह चरणका खेल सकिंदैछन् । समुह ‘एच’ का अन्तिम खेलहरुमा बिहीबार जर्मनी र दक्षिण कोरिया भिड्दा मोरक्कोले कोलम्बियासँग खेल्नेछ । अहिलेसम्म कोलम्बियाको ६ अंक छ भने जर्मनी र मोरक्कोको ३–३ अंक छ । दक्षिण कोरियाले अंक जोड्न सकेको छैन । यसअघि बुधबारको खेलमा […]

पूरा पढ्नुहोस्

आज राष्ट्रिय सभा बैठक बस्ने

काठमाडौं, साउन १८ राष्ट्रिय सभा बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। संसद् सचिवालयका अनुसार बिहीबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने कार्यसूची छ। यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषाद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी […]

पूरा पढ्नुहोस्

कोशी र मधेश प्रदेशमा हावा हुरीको सम्भावना

काठमाडौं, साउन १८ नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसन नामक मौसमी प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा […]

पूरा पढ्नुहोस्

नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथ लिने

काठमाडौं, साउन १७ कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुने भएको छ । बिहान साढे १० बजे मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउनु हुनेछ।

पूरा पढ्नुहोस्

देश बनाउने सवालमा नेताहरू इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, साउन १७ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने सवालमा नेताहरू इमान्दार बन्नुपर्ने बताउनुभएको छ । अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समयमा राजनीतिक दलका शीर्ष नेताहरू नै देशप्रति इमान्दार नभएको भन्दै देश र जनतालाई साक्षी राखेर इमानदारिता कायम गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक दलका नेताहरू […]

पूरा पढ्नुहोस्

चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १७  नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। बुधबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर […]

पूरा पढ्नुहोस्

खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौं, साउन १७ नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सो जानकारी दिनुभएको हो । नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर […]

पूरा पढ्नुहोस्

कोरियन भाषा परीक्षाका लागि आवेदन माग

काठमाडौं, साउन १६ इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले  आइतबार सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको हो । शाखाले पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने जनाएको छ । नेपाल सरकार, […]

पूरा पढ्नुहोस्