गण्डकी
बैंकका कर्मचारीहरूकाे २०८० सालमा ३५ दिन बिदा : नेपाल राष्ट्र बैक
काठमाडौं, चैत्र ९ बैंकका कर्मचारीहरूले २०८० सालमा ३५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैकले २०८० सालमा वैशाखदेखि चैतसम्मका लागि बैंक बिदा हुने सूची सार्वजनिक गरे अनुसार ३५ दिन पाउने भएका हुन् । नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन बैंक तथा वित्तीय संस्था पूर्ण रूपमा बन्द हुने राष्ट्र बैंकले जनाएको छ । […]
पूरा पढ्नुहोस्
खुल्यो प्रावि शिक्षकका लागि दरखास्त
काठमाडौं, चैत्र ९ शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहको शिक्षकमा विज्ञापन खुलाएको हो। आयोगले सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।
पूरा पढ्नुहोस्
नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीको अध्यक्षमा अमृत भट्टचन विजयी
गैँडाकोट, चैत्र ८ नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा अमृत भट्टचन विजयी हुनुभएको छ । स्याङ्जाका शाेभाकान्त पाैडेल र भट्टचन अध्यक्षका आकांक्षी रहेकाेमा गाेलाप्रथा गर्दा भट्टचनलाई अध्यक्षकाे पद परेकाे हाे । नवनिर्वाचित अध्यक्ष भट्टचनकाे कार्यकाल ३ बर्षकाे हुनेछ । नेपाल उद्याेग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका उहाँ नवलपुर उद्याेग बाणिज्यसंघका संस्थापक अध्यक्ष हुनुहुन्छ […]
पूरा पढ्नुहोस्
नवनिर्वाचित उपराष्ट्रपति यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौं, चैत्र ६ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ। यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने कार्यक्रम तय भएको छ । चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित हुनुभएको हो । उहाँले १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यको मत […]
पूरा पढ्नुहोस्
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न
काठमाडाैं, चैत्र ५ त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही क्याम्पसमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । ती बाहेक अन्य क्याम्पसमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद […]
पूरा पढ्नुहोस्
चैत्र १ गतेसम्म गैँडाकोटमा सञ्चालन हुने व्यापार महोत्सव २०७९ आजदेखि सुरु
नवलपुर ,फागुन २१ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार महोत्सव २०७९’ सुरु भएको छ । आजदेखि सुरु भएको व्यापार मेलाको नेपाली कांग्रेसका नेता एवं यसै क्षेत्रका सङ्घीय सांसद प्राडा शशांक कोइरालाले उद्घाटन गर्नुभएकाे छ । मेलाको उद्घाटन गर्दै नेता कोइरालाले आफू कृषिमन्त्री भएको अवस्थामा कृषिमा ठूलै परिवर्तन ल्याउन सक्ने […]
पूरा पढ्नुहोस्
भोलिदेखि चैत्र १ गतेसम्म गैँडाकोटमा सञ्चालन हुने व्यापार महोत्सव २०७९ को तयारी पुरा
नवलपुर ,फागुन २० नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा आइतबारदेखि सुरु हुने ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार महोत्सव २०७९’ को सम्पुर्ण तयारी पूरा भएकोे छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा भोलिदेखि चैत १ गतेसम्म महोत्सव आयोजना हुन लागेको हो । महोत्सवबारे जानकारी दिने उद्देश्यले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा फागुन २१ गतेदेखि गण्डकी प्रदेश स्तरीय व्यापार महोत्सव हुने
गैँडाकोट ,फागुन ११ नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी पूर्वको गैँडाकोटमा यहि फागुन २१ गतेदेखि चैत्र १ गतेसम्म गण्डकी प्रदेश स्तरीय व्यापार महोत्सव आयोजना हुने भएको छ । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन उद्योग र व्यापार भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव गैँडाकोट २ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री दाहालको शान्ति सम्झौता पक्षधरहरु एक ठाउँमा उभिनु पर्नेमा जोड
काठमाडौं ,फागुन ८ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाहृ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँमा उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताउनु भएको छ । सोमबार पोखराको लेखनाथमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो […]
पूरा पढ्नुहोस्
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं ,फागुन ४ गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो। प्रदेश राजपत्रमा विसं २०७९ मा सार्वजनिक बिदामा स्थापना दिवसको दिन समेत समावेश गरिएको हो। गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने […]
पूरा पढ्नुहोस्




