Saturday, October 24

प्रदेश

भाषणभन्दा पनि काम गर्ने समय आयो : सभापति देउवा

काठमाडौं, मंसिर १७ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको बुटवलमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले कम बोल्ने तर काम गर्ने आफ्नो स्वभाव रहेको पनि उल्लेख गर्नुभयो । उहाँले नेपाली कांग्रेस अझै बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गर्दै गौतम […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मंसिर १७ कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाका अनुसार राति कोशी, ​बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरपालिकाको चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम

चितवन, मंसिर १६  भरतपुर महानगरपालिकाको आयोजनामा चालु आर्थिक वर्षको प्रथम चौमासिक (साउन–कातिक) सम्ममा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर २२ पटिहानी स्थित अम्ब्रेलन स्ट्रिटमा सम्पन्न भएको छ। सार्वजनिक सुनुवाईका क्रममा वडाबासीले महानगरबाट प्राप्त गर्ने सेवाको अझै जनमुखी बनाउन सुझाव दिएका छन् । उनीहरुले महानगरको विकास निर्माण र सेवाप्रवाहबाट सन्तुष्ट रहेको बताएका छन् । […]

पूरा पढ्नुहोस्

अध्यादेश ल्याएरै भए पनि भूमिहीनलाई जग्गा दिन्छौँ : गृहमन्त्री श्रेष्ठ

चितवन, मंसिर १६  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्धता  व्यक्त गर्नुभएको छ । चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको कामलाई हरहालतमा सफल पारेर भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने बताउनुभयो । उहाँले […]

पूरा पढ्नुहोस्

भरतपुर २ मा मानव वेचबिखन सम्बन्धि एकदिने अभिमुखिकरण

चितवन, मंसिर १६ जलदेवी सामुदायिक बन उपभोक्ता समूहको आयोजना र जिल्ला प्रहरी कार्यालय चितवनको सह आयोजनामा मानव वेचबिखन सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम शनिबार भरतपुर २ स्थित आँपटारीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा मानव बेचबिखन र उत्पिडनमा परेका महिलाहरुको हकहित र अधिकारका विषयकसंगै घरेलु हिंसामा परेका महिलाहरुको अवस्था र यसको निदानका लागि सामाजिक संघसंस्थाहरुले खेल्नुपर्ने […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन: दल दर्ता मंसिर २४ देखि २९ गतेसम्म

काठमाडौं, मंसिर १६ निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ ११ गते सो निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले मंसिर २२ गते दल दर्तासम्बन्धि सूचना प्रकाशित गर्नेगरी सो निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर २२ गते सो निर्वाचन प्रयोजनका लागि दल दर्ताका […]

पूरा पढ्नुहोस्

आज एमालेको संकल्प यात्रा सिलगढीबाट अछाम पुग्दै

काठमाडौं, मंसिर १६ नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ। प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो। आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ। गौतमका अनुसार स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ।

पूरा पढ्नुहोस्

हाल देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौं, मंसिर १६ हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहने छ। यस्तै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ। राति पनि […]

पूरा पढ्नुहोस्

भरतपुरमा एकदिने लैङ्गिक हिंसा तथा आत्महत्या नियन्त्रण सम्बन्धि अभिमुखिकरण

चितवन, मंसिर १५  चितवनको भरतपुर वडा नं. ११ मा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत एकदिने लैङ्गिक हिंसा तथा आत्महत्या नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको छ । शुक्रबार भरतपुर ११ वडा कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालय चितवन, माइती नेपाल चितवन, मानव बेचबिखन नियन्त्रण जिल्ला संजाल र एकीकृत  मानसिक स्वास्थ्य केन्द्र रत्ननगर टाँडीको सह […]

पूरा पढ्नुहोस्

चितवनमा थप ७८ जनामा एचआइभी संक्रमण

चितवन, मंसिर १५ सन् २०२३ को ११ महिनामा चितवनमा ७८ जना एचआइभीबाट सङ्क्रमित भएका पुष्टि भएको छ । छत्तीसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले  चितवनमा पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये ४० जना पुरुष, ३३ […]

पूरा पढ्नुहोस्