Sunday, October 18

प्रदेश

भारतलाई एसिया कप क्रिकेटको उपाधि

काठमाडौं, असोज १ एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । एसिया कप क्रिकेट १९८४ देखि सुरु भएको प्रतियोगिता हो । भारतले पछिल्लो पटक […]

पूरा पढ्नुहोस्

सरकारको लक्ष्य आर्थिक गतिविधि बढाउने छ : अर्थमन्त्री मन्त्री महत

काठमाडौं, असोज १ अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रले बिस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा भने समस्याहरु कायमै रहेको बताउनुभयो । मन्त्री महतले वैदेशिक मुद्राको सञ्चिति राम्रो […]

पूरा पढ्नुहोस्

हरितालिका तीज आज, महादेवको पूजा गरी मनाइँदै

काठमाडौं, असोज १ हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज अटल सौभाग्यको कामना गरी मनाइँदैछ । विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ । अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको ब्रत बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा […]

पूरा पढ्नुहोस्

आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

काठमाडौं, असोज १ प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको […]

पूरा पढ्नुहोस्

पहिलो दिन आज दर खाएर मनाइँदै : हरितालिका तीज

काठमाडौं, भाद्र ३१ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ । भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आइतबार घर घरमा दर खाने गरिन्छ । माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ । तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० भाद्र ३१ गतेदेखी असोज ६ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसाय मा सकारात्मक अवस्था रहनेछ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्नेछ । साताको मध्यभाग तिर केहि […]

पूरा पढ्नुहोस्

देशभर आंशिक देखि सामान्य बदली रहने

काठमाडौं, भाद्र ३१ आज आइतबार बिहान सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा साथै देशका बाँकी […]

पूरा पढ्नुहोस्

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने : चिकित्सक संघ

काठमाडौं, भाद्र ३१ चिकित्सक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन्। संघले शनिबार विज्ञप्ति जारी गरी आइतबार स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषाणाा गरिएको छ। सञ्चो […]

पूरा पढ्नुहोस्

अत्याधुनिक सुविधा सहित `ईन्द्रेणी कलेज´ आफ्नै भवनबाट `चितवन कलेज अफ टेक्नोलोजी´को नामबाट संचालनमा

चितवन, भाद्र ३० चितवनको भरतपुर-१२ आस्था चोकमा अवस्थित ईन्द्रेणी कलेज चितवन कलेज अफ टेक्नोलोजी(सिसिटि)को नामबाट संचालनमा आएको छ।यस अघि भरतपुर-११ बाईपास रोडमा अवस्थित ‘इन्द्रेणी कलेज’ अत्याधुनिक सुविधा सहित नयाँ नामबाट भरतपुर-१२ आस्थाचोकमा संचालनमा आएको हो। जिल्लाकै सबैभन्दा पुरानो यस आइटी कलेजले हाल आफनै सुविधा सम्पन्न भवनबाट अध्यापन कार्य गर्दै आईरहेको छ ।उक्त कलेजको नयाँ भवनमा […]

पूरा पढ्नुहोस्

बंगलादेशले भारतलाई हरायो : एसीसी एसिया कप

काठमाडौं, भाद्र ३०  एसीसी एसिया कपअन्तर्गत क्रिकेटमा बंगलादेशले भारतलाई पराजित गरेको छ। गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतलाई ६ रनले हराएको हो।   बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा २५९ रन बनाएर अलआउट भयो।

पूरा पढ्नुहोस्