प्रदेश
यस आर्थिक वर्षमा कर बढाउने अभियानमा भरतपुर महानगरपालिका
चितवन, असोज ३ भरतपुर महानगरपालिकाले राजश्व संकलन कार्यलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकाहरुलाई समेत दायरामा ल्याउने गरी अभियानकै रुपमा काम अघि बढाएको हो । विगतका वर्षहरुमा न्यून राजस्व मात्रै संकलन भएकाले यस वर्ष लक्ष्यभन्दा बढी राजश्व संकलन गर्ने गरी गृहकार्य थालिएको हो । महानगरपालिकाको राजश्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका […]
पूरा पढ्नुहोस्
लक्की मिडिया हाउसले वरिष्ठ पत्रकार ढकाललाई सम्मान गर्ने
चितवन, असोज ३ मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले वरिष्ठ पत्रकार नवराज ढकाललाई सम्मान गर्ने भएको छ । राजधानी आस्था साप्ताहिक पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक ढकाललाई मिडियाले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड-२०८० तथा सम्मान कार्यक्रम’ मा पत्रकारिता विधातर्फ सम्मानित गर्न लागिएको हो । मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले लामो समयदेखि […]
पूरा पढ्नुहोस्
विश्वस्तरमै नेपालको संविधान उत्कृष्ट छ : मन्त्री शर्मा
काठमाडौँ, असोज ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट रहेको बताउनुभएको छ । हिजो मंगलबार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको व्यवस्थाले तल भन्दा तलका मान्छेलाई सिंहदरबार भित्र्याउने काम गरेको भन्दै यो […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, असोज ३ आज बुधबार दिउँसो देशैभर हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालको पूर्व क्षेत्रमा आज रातिदेखि भारी वर्षाको सम्भावना देखिएको छ।
पूरा पढ्नुहोस्
संविधान दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ, असोज ३ आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव लगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ। यो वर्षको संविधान दिवस सरकारले तीन दिन मनाउने भएको छ। जसअनुसार […]
पूरा पढ्नुहोस्
नेपालको संविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ : सभापति देउवा
काठमाडौँ, असोज ३ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गर्नुभएको छ । संविधान दिवसको शुभकामना व्यक्त गर्दै उहाँले संविधानसभामार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमनचयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताउनुभएको छ । साथै उहाँले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक […]
पूरा पढ्नुहोस्
आज शेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौं, असोज २ सोमबार सामान्य अंकले हरियो रहेको शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर १९ सय ८५ पुग्यो । सोमबार अर्ब तलै खुम्चिएको कारोबार पनि आज सवा अर्ब नजिक पुग्यो । होटल र व्यापार समूह बाहेक बाँकी समूह हरियो रहे । जलविद्युत समूहमा सबैभन्दा […]
पूरा पढ्नुहोस्
आगामी बिहिवार कांग्रेसको केन्द्रीय कार्य समितको बैठक बस्ने
काठमाडौं, असोज २ नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आगामी बिहिवार बस्दैछ । विधान अनुसार हरेक दुई महिनामा बस्नुपर्ने बैठक नराखिएको भन्दै कांग्रेस नेतृत्वको आलोचना भईरहेको बेला सभापति शेरबहादुर देउवाले असोज ४ गते बिहिवारका लागि बैठक डाक्नुभएको हो । बैठकमा आफ्नो समूहको रणनीति तय गर्न नेता डा.शेखर कोइरालाले आज मंगलबार आफ्नो समूहको बैठक बोलाउनु भएको […]
पूरा पढ्नुहोस्
भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै : आज गणेश चतुर्थी पर्व
काठमाडौँ, असोज २ अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश […]
पूरा पढ्नुहोस्
आज यी चार प्रदेशमा वर्षा : मौसम पूर्वानुमान
काठमाडौँ, असोज २ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग सहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसोदेशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती […]
पूरा पढ्नुहोस्




