Monday, October 19

प्रदेश

सहमति भएपछि शिक्षकहरुको आन्दोलन फिर्ता

काठमाडौं, असोज ५ आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सात बुँदे सहमति गरेको हो । सहमतिसँगै शिक्षकहरूले आन्दोलनका कर्यक्रमसमेत फिर्ता लिएका छन्। यसअघि सरकारका तर्फबाट वार्ता टोलीले सहमतिका लागि प्रस्ताव प्रस्तुत गरेको थियो। सोही प्रस्तावमा केन्द्रीत रहेर […]

पूरा पढ्नुहोस्

साफ यू-१९ च्याम्पियनशिप : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ, असोज ५ साफ यू-१९ च्याम्पियनशिपमा नेपाल पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको छ । बिहीबारदेखि दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको हो । पहिलो हाफ गोलरहीत बराबरीमा सकिएकोमा दोस्रो हाफमा पाकिस्तानले गोल गरेको हो ।

पूरा पढ्नुहोस्

बागमती प्रदेश सरकारद्वारा क्यान्सर, मुटु र रगत नि:शुल्क गराउँन अस्पतालहरुसँग सम्झौता

काठमाडौँ, असोज ५ बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले हृयदय रोगको उपचार र रगत निःशुल्क तथा क्यान्सर रोगको उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने गरी विभिन्न अस्पतालहरुसँग सम्झौता गरेको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा  वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्नको […]

पूरा पढ्नुहोस्

आज आन्दोलनरत शिक्षक र सरकारबीच औपचारिक वार्ता हुने

काठमाडौं, असोज ५ शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक र र सरकारबीच आज पनि वार्ता हुँदैछ। बिहिबार भएको वार्ता निश्कर्षविहीन भएपछि आज वार्ता हुन लागेको हो। कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासंघसँगको बिहीबारको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुंगो लागेको बताउनुभएको छ […]

पूरा पढ्नुहोस्

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ५ हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहमा मेघ गर्जन र चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। […]

पूरा पढ्नुहोस्

शैक्षिक परामर्श केन्द्रहरुलाई अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिवन्ध लगाउँछौ : श्रममन्त्री भण्डारी

काठमाडौं, असोज ४ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्रहरुलाई (कन्सल्टेन्सी) अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिवन्ध लगाउने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय वैदेशिक रोजगारीको लागि व्यक्तिगत […]

पूरा पढ्नुहोस्

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ, असोज ४ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि बैठक असोज २ गतेका लागि तय भएको थियो । पार्टी कार्यालयका मुख्य सचिव पौडेलले एक विज्ञप्ति जारी गरि बैठक आजका लागि सार्नुभएको हो ।

पूरा पढ्नुहोस्

देशभरका सामुदायिक विद्यालय आजदेखि बन्द

काठमाडौं, असोज ४ आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेको हो । आफना मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिर्नुभएको छ । ‘बुधबारदेखि देशैभरका शिक्षकहरू आन्दोलनमा छौं, […]

पूरा पढ्नुहोस्

आज नेपालले पाकिस्तानसँग खेल्दै : यू-१९ साफ च्याम्पियन

काठमाडौं, असोज ४ साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ। दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सामने हुनेछन्। नेपाल र पाकिस्तानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको प्रि–म्याच कन्फरेन्समा नेपालका कप्तान जियारथ शेखले छोटो तयारीका बाबजुद टिम लयमा रहेको बताउनुभयो ।

पूरा पढ्नुहोस्

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असोज ४ आज बिहीबार बिहान लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन […]

पूरा पढ्नुहोस्