प्रदेश
सभामुखको अभिव्यक्तिमा पत्रकार महासङ्घको आपत्ति
काठमाडाैं, चैत्र ४ नेपाल पत्रकार महासङ्घले सभामुख देवराज घिमिरेको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै आपत्ति जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले आज प्रेस विज्ञप्ति जारी गर्दै संसद्को मुख्य नेतृत्वबाट पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको हो । विज्ञप्तिमा सार्वभौम संसद्को मूल नेतृत्वबाटै […]
पूरा पढ्नुहोस्
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै
काठमाडौं, चैत्र ४ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै चैत ५ गते बिहान १०ः३० बजेका लागि बैठक बोलाएको जानकारी दिनुभयो । बैठक नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने भएको छ। बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समीक्षा, प्रधानमन्त्रीले लिने विश्वासको मत र सरकारमा […]
पूरा पढ्नुहोस्
आज तीन खेल हुँदै : ‘ए’ डिभिजन लिग
काठमाडौं, चैत्र ४ शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज (शनिबार) लिगको पाँचौं चरणका अन्तिम तीन खेल हुँदैछन् । च्यासल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ । यी दुवै टिम दोस्रो जित निकाल्ने योजनामा रहेका छन् । यस्तै, दशरथ रंगशालामा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच […]
पूरा पढ्नुहोस्
यही चैत ८ गतेदेखि भरतपुर ११ को कमलादेवी मन्दिरमा महायज्ञ हुँदै
चितवन, चैत्र ४ भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा महायज्ञ हुने भएको छ । मन्दिरको भौतिक संरचना निर्माण गर्नका लागि महायज्ञ गर्न लागिएको भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । महायज्ञ यही चैत ८ गतेदेखि १६ गतेसम्म हुन लागेको हो । महायज्ञबाट उठेको रकमले मन्दिर परिसरभित्र १०८ शिवलिङ्ग स्थापना र […]
पूरा पढ्नुहोस्
आज शीतलनिवासमा सांसदलाई राष्ट्रपतिको निम्तो
काठमाडौं, चैत्र ४ राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा आज शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गर्नुभएको छ । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसद, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरेको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले जानकारी दिनुभयो । […]
पूरा पढ्नुहोस्
चितवन प्रशासन स्वदेशी उद्योग प्रवर्द्धनमा सधै अग्रसर हुने : सिडियो पौडेल
चितवन, चैत्र ३ चितवनमा जारी प्रथम नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ ग्राहकमैत्री बनेको निश्कर्ष निकालिएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवर्द्धन मेला २०७९” को समिक्षा कार्यक्रम यस्तो निश्कर्ष निकालिएको हो । स्वदेशी उत्पादन र स्वदेशी उघोगको प्रवर्द्धनमा आयोजित […]
पूरा पढ्नुहोस्
खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु हुँदैन : राष्ट्रपति पौडेल
काठमाडौं, चैत्र ३ राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्ननहुने बताउनुभएको छ । आईसीसी लिग टु मा तेस्रो स्थान प्रप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शीतलनिवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताउनुभएको हो । उहाँले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरबलाई बढाएको बताउनुभयो । राष्ट्रपति पौडेलले […]
पूरा पढ्नुहोस्
उपराष्ट्रपतिमा रामसहाय यादव विजयी
काठमाडौं, चैत्र ३ कांग्रेस, माओवादी,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) लगायत नौ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । शुक्रबार भएको मतदानमा यादव गठबन्धनबाटै उम्मेदवारी दिनुभएकी जनमत पार्टीकी ममता झा र प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई पछि पार्दै गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित हुनुभएको […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचनको मौन अवधि सुरू
काठमाडौं, चैत्र ३ चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि बिहीबार रातिदेखि १२ बजेदेखि मौन अवधि सुरू भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको हो । निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधान रहे अनुरूप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा […]
पूरा पढ्नुहोस्
आज बस्ने भनिएको रास्वपाको बैठक स्थगित
काठमाडौं, चैत्र ३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय बसुन्धारामा बस्ने भनिएको थियो । आचारसंहितालाई मध्यनजर गर्दै बैठक स्थगित भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । उपराष्ट्रपति चयनका लागि शुक्रबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय […]
पूरा पढ्नुहोस्




