Saturday, October 10

प्रदेश

शेयर बजारको ओरालो यात्रा आज पनि

काठमाडौं ,फागुन ३ आज बुधबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । निराशाजनक मौद्रिक नीतिका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारको गिरावट थामिन सकेको छैन । यो साताको सुरुवाती कारोबार दिनबाट सुरु भएको गिरावटले बुधबार पनि जारी रह्यो । बुधबार १३ अंकले ओरालो लागेको बजारमा अरु दिनको तुलनामा कारोवार रकम पनि घटेको छ […]

पूरा पढ्नुहोस्

हामीले हावातालमा उम्मेदवारी दिँदैनौंः माधव नेपाल

पोखरा ,फागुन ३ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गर्नुभएको छ । आज पोखरामा समाजवादी प्रेस संगठन कास्कीले  आयोजना गरेको पत्रकार सम्मेलनमा  उहाँले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताउनुभयो । राष्ट्रिय सहमतिविना एकीकृत […]

पूरा पढ्नुहोस्

लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदै

काठमाडौं , फागुन ३ आज लुम्बिनी प्रदेश सरकारले  स्थापना दिवस मनाउँदैछ। लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी दाङको देउखुरीमा कार्यक्रम गरी मनाउन लागिएको हो। कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्नुहुने छ ।  स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका उपसचिव […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्ने

काठमाडौं ,फागुन ३ आज (बुधबार) संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक  बस्दैछ । बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले […]

पूरा पढ्नुहोस्

राजनीतिक दलले सुझबुझका साथ निर्णय लिनुपर्छ : झलनाथ खनाल

काठमाडौं ,फागुन २ राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझका साथ निर्णय लिनुपर्ने नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले  बताउनुभएको छ । धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानको मर्म र भावना अनुरुप योग्य व्यक्तित्वलाई पदमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले सहमतिका लागि सबै पार्टीलाई राम्रोसँग समन्वय गरेर अघि बढ्न पनि आग्रह गर्नुभयो । खनालले राजनीतिक […]

पूरा पढ्नुहोस्

शेयर बजारमा आज १६ अंकको गिरावट

काठमाडौं ,फागुन २ आज मंगलबार शेयर बजारमा ओरालो लाग्ने क्रम  पनि जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले घटेर २१ सय ५ मा थामियो । कारोबार पौने २ अर्बमा खुम्चियो । घटेको बजारमा पनि युनिलिभरका लगानीकर्ताले ६ प्रतिशत बढी कमाए । उत्पादनमूलक समूह दोहोरो अंकले बढेबाहेक बाँकी सबै समूह राताम्मे रहे । […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं ,फागुन २ आज मंगलबार राष्ट्रिय सभाको बैठक  बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ४ बजे बस्ने भएकाे संघीय संसद सचिवालयले जनाएकाे  हाे । बैठकमा विभिन्न प्रतिवेदन, बाधा अड्काउ फुकाउ आदेश र शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।

पूरा पढ्नुहोस्

अनेरास्ववियुको २३औँ महाधिवेशन आजबाट सुरु

काठमाडौं ,फागुन २ नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुने भएको छ। आज दिउँसो साढे १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गनुहुने छ । लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व […]

पूरा पढ्नुहोस्

देशभर आज मौसम सामान्यतया सफा

काठमाडौं ,फागुन २ मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती पनि देशभर मौसम सामान्यतया सफा रहने छ । देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन। तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा […]

पूरा पढ्नुहोस्

तत्काल सरकारमा नजाने निर्णय : राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं ,फागुन १ तत्काल सरकारमा नजाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  निर्णय गरेको छ । आज सोमबार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताउनुभयो । उहाँले सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोेडिसकेपछि आफू सरकारमा […]

पूरा पढ्नुहोस्