प्रदेश
ब्याजदर घटाउने नेपाल बैंकर्स संघको निर्णय
काठमाडौँ, पुस २८ आगामी माघदेखि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउने भएका छन् ।नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । मुद्दती खाताको ब्याज दर घट्दा तत्कालै ऋणीहरुलाई ठूलो राहत नहुने भए पनि बैंकहरुको ब्याजको आधार दर घट्दा केही राहत भने हुने बैंकरहरुले बताएका […]
पूरा पढ्नुहोस्सत्तारुढ दलको बैठक आज बस्दै
काठमाडौँ, पुस २८ सत्ता साझेदार दलहरूको बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय टुंगो लगाउने बताईएको छ । यसैगरी, बाँकी […]
पूरा पढ्नुहोस्
कांग्रेस सरकारमा सहभागी हुँदैन : वरिष्ठ नेता पौडेल
काठमाडौँ, पुस २७ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पार्नु भएको छ । बुधबार पृथ्वी जयन्तिको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । वरिष्ठ नेता पौडेलले ५ वर्ष भित्र मुलुकमा धेरै ठूलो विकासमा फड्को […]
पूरा पढ्नुहोस्
चितवन महोत्सव भित्र ‘मेड इन नेपाल एक्स्पो’ सुरु
चितवन, पुस २७ चितवन महोत्सव स्थलभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’ हिजो देखि सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनले नेपाली उत्पादनलाई प्रर्वद्धन गर्नका लागि एक्स्पोको सञ्चालन गरेको हो । एक्स्पोको हिजो (मंगलबार) भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै अधिकारीले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न एक्सपोले सहयोग पुग्ने […]
पूरा पढ्नुहोस्
पृथ्वी जयन्तीको अवसरमा आज राप्रपाको चियापान
काठमाडौँ, पुस २७ पृथ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बुधबार भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई निमन्त्रणा गर्नु भएको हो । चियापानमा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पठाएको छ। पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।
पूरा पढ्नुहोस्
‘खिचरा महोत्सव-२०७९ ’को तयारी अन्तिम चरणमा
चितवन, पुस २६ यही पुस २८ गतेदेखि सुरु हुने आठौं सँस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुद्घाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने भएको छ । महोत्सव अतिथि सत्कार समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार गृहमन्त्री एवं चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेले दिउँसो १ बजे महोत्सवको समुद्घाटन गर्नुहुनेछ । गृहमन्त्री आउने हुनेभएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाका सभामुख चयनका लागि माघ ५ गते निर्वाचन
काठमाडौँ, पुस २६ प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ। संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको हो ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै
काठमाडौँ, पुस २६ आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा विश्वासको मत लिने हुनुभएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिन लाग्नु भएको हो । नेपालको संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त […]
पूरा पढ्नुहोस्
मतदाता नामावली संकलन र अद्यावधिक माघ २ गतेदेखि सुरु
काठमाडौँ, पुस २६ निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली संकलन र अद्यावधिको काम बन्द गरेको थियो ।
पूरा पढ्नुहोस्
अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैन : सांसद प्रदीप पौडेल
काठमाडौं , पुस २५ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संविधानले सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरेकाले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नरहेको बताउनुभयो । उहाँले कांग्रेसका लागि प्रतिपक्षको भुमिका अवसर रहेकाले यो […]
पूरा पढ्नुहोस्




