Thursday, October 15

समाज

चितवनको भरतपुरमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ हुने

चितवन, चैत २७ चितवन उद्योग संघ र कम्प्युटर एशोसिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा मिति २०८१ बैशाख ७ गतेदेखि ११ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुर, चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ हुने भएको छ । प्रदर्शनीको तयारीको विषयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईयो । उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि […]

पूरा पढ्नुहोस्

आइसिसी टी–२० विश्वकप खेल्ने क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं, चैत २७ आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टङ्कलाल घिसिङले संयुक्तरुपमा नेपालको नयाँ जर्सी सार्वजनिक गर्नुभयो । नेपालको […]

पूरा पढ्नुहोस्

पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, चैत २७ पश्चिमी र स्थानीय वायुको प्रभावका कारण कोशी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागको थोरै स्थानमा र बाँकी पहाडी […]

पूरा पढ्नुहोस्

सि स्टार एजुकेशनल कन्सलटेन्सीले एसईई दिएका विद्यार्थीहरुलाई विशेष छुटमा कम्प्युटर पढाउदै

चितवन, चैत २७ चितवनको भरतपुरमा रहेको सी स्टार एजुकेशनल कन्सलटेन्सीले एसईई दिएका विद्यार्थीहरुका लागि विशेष कम्प्युटर कोर्ष सञ्चालन गर्ने भएको छ । नयाँ वर्षको पहिलो सातादेखि नै एसईई दिएका विद्यार्थीहरुका लागि २० प्रतिशत सम्म छुट दिएर कम्प्युटर कक्षा सञ्चालन गर्न लागिएको सी स्टारले जनाएको छ । सी स्टार एजुकेशनल कन्सलटेन्सीका निर्देशक बसन्त पोखरेलले एसईई दिएर […]

पूरा पढ्नुहोस्

लियाे क्लब अफ भरतपुरकाे अध्यक्षमा कार्कि निर्वाचित

चितवन, चैत २६ लियाे क्लब अफ भरतपुरकाे अध्यक्षमा विनय कार्की निर्वाचित हुनुभएकाे छ। क्लबका चार्टर्ड अध्यक्ष अनुजराज पन्त प्रमुख आतिथी रहनुभएकाे २३ओैं बार्षिक साधारण सभाले प्रथम उपाध्यक्षमा संगिता श्रेष्ठ ,द्वितीय उपाध्यक्ष सुदृष्ठी शर्मा,तृतिय उपाध्यक्ष प्रशन्न अर्याल,सचिवमा रविना रानाभाट,सह -सचिव अस्मिना लामिछाने, ट्रेजर मुकुन्द न्याैपाने,सह ट्रेजर प्रियङ्का राय, क्लब डाइरेक्टर आर सि पन्त र पुजा न्याैपाने,पब्लिक […]

पूरा पढ्नुहोस्

उपनिर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन हुँदै

काठमाडौं, चैत २६ उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। सोमबार बेलुकी उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो। अपराह्न ३ बजेपछि सोमबार अपराह्न ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ। तर इलाम र बझाङका निर्वाचन कार्यालयका अनुसार […]

पूरा पढ्नुहोस्

पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं, चैत २६ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी र मधेश प्रदेश तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा […]

पूरा पढ्नुहोस्

आज यी ३ प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, चैत २५ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि […]

पूरा पढ्नुहोस्

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : मौसम पूर्वानुमान

काठमाडौं, चैत २४ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। […]

पूरा पढ्नुहोस्

आठ महिनामा भित्रियो रु नौ खर्ब ६१ अर्ब विप्रेषण, २१ प्रतिशतले वृद्धि

काठमाडौं, चैत २३ राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिटयन्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले हिजो  फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै २१ प्रतिशतले विप्रेषण आप्रवाह बढेको जानकारी गराएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा […]

पूरा पढ्नुहोस्