समाज
देवघाटबाट सोमेश्वर कालिकासम्म मंसिर ३० गते बृहत् मोटरसाइकल यात्रा हुँदै
चितवन, मंसिर २८ देवघाटदेखि माडी नगरपालिका स्थित सोमेश्वर कालिका मन्दिर (सोमेश्वर गढी ) सम्म वृहत धार्मिक मोटरसाइकल यात्रा हुने भएको छ । मंसिर ३० गते ‘जय सनातन अभियान नेपाल’ ले वृहत् मोटरसाइकल यात्रा गर्न लागेको हो । आज भरतपुरको महाकालेश्वर शिव मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा सनातन अभियान नेपालका अध्यक्ष घनश्याम पौडेल ‘श्याम’ ले सनातन संस्कृति […]
पूरा पढ्नुहोस्
आजदेखि सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक्न काठमाडौंमा नगर प्रहरी परिचालन
काठमाडौं, मंसिर २८ काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक लगाउन आजदेखि ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ। काठमाडौं महानगरले बुधबार पत्रकार सम्मेललन गरी गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन नगर प्रहरी परिचालन गर्ने निर्णय भएको जनाएको हो। काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार […]
पूरा पढ्नुहोस्
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौं, मंसिर २८ हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदली भई सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
पूरा पढ्नुहोस्
आजदेखि काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने
काठमाडौं, मंसिर २७ काठमाडौं महानगरपालिकामा बुधबारदेखि सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लागेको छ। महानगरले १५ दिनअघि सूचना जारी गरेको सूचनाअनुसार बुधबारदेखि प्लाष्टिकमा प्याकिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध भएको छ । चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा सामान्य वर्षा र हल्का हिमपातको सम्भावना
काठमाडौं, मंसिर २७ पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही अहिले बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा कुहिरो र हुस्सु लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी […]
पूरा पढ्नुहोस्
भरतपुरको ग्रीनल्याण्ड स्कुलमा पहिलो पिबिएल मेला सम्पन्न
भरतपुर, मंसिर २६ भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा प्रथम पिबिएल मेला सम्पन्न भएको छ । मेला आज स्कुल प्राङगढ मा सम्पन्न भएको हो । चितवनमै पहिलो पटक आयोजित मेलाको भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा पौडेलले ग्रीनल्याण्डले चितवनमै पहिलो पटक आयोजना गरेको पिबिएल मेलाले शैक्षिक गुणस्तार वृद्धिका लागि […]
पूरा पढ्नुहोस्
यु–१९ एशिया कप क्रिकेट : नेपालले आज भारतसँग खेल्दै
काठमाडौं, मंसिर २६ एसीसी अण्डर नाइन्टिन (यु–१९) एशिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) नेपाल भारतसँग भिड्दै छ । एशिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण रहेको छ । खेल विहान पौने ११ बजे दुबईमा हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ […]
पूरा पढ्नुहोस्
आज पहाडी भेगमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं, मंसिर २६ पहाडी भेगमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। राति देशका पहाडी भेगमा […]
पूरा पढ्नुहोस्
यू–१९ एशिया कप : नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित
काठमाडौं, मंसिर २५ एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको हिजो (आइतवार) भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल २ मैदानमा भएको खेलमा जितका लागि २६२ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ४२ ओभर १ बलमा अल आउट हुँदै १८८ रनमात्र बनाउन सक्यो।
पूरा पढ्नुहोस्
हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौं, मंसिर २५ देशका पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको […]
पूरा पढ्नुहोस्




