Monday, October 12

समाज

नेपाल बार एशोसिएसनको राष्ट्रिय गोष्ठी सौराहामा आजदेखि शुरू

चितवन, मंसिर २४ नेपाल बार एशोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि सौराहामा सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गर्नुभएको हो । एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा आज मानव अधिकारको अवस्था, पश्चिम एशियमा जारी द्वन्द्वलगायत विषयमा छलफल हुनेछ । उहाँले  […]

पूरा पढ्नुहोस्

एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना

काठमाडौं, मंसिर २४ देशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका […]

पूरा पढ्नुहोस्

नकारात्मक प्रभावलाई चिर्दै सहकारीलाई विकास गर्नुपर्ने : मन्त्री जोशी

भरतपुर, मंसिर २३  बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले  सहकारीको बारेमा परेको नकारात्मक प्रभावलाई चिर्दै सहकारीलाई विकास गर्नुपर्ने बताउनुभएको छ । आज शनिबार भरतपुरमा रहेको  चितवन जिल्ला बचत तथा सहकारी संघ लिमिटेडको २४ औं वार्षिक साधारण सभा उद्घाटन सत्र  कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री  जोशीले  यस्तो बताउनुभएको हो । सहकारीले बिलाशी जीवनको लागि हैन सीप मुलक तालिम, […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुरमा रहेको सि स्टारमा धमाधम कोरियन भाषाका कक्षा सञ्चालनमा

भरतपुर, मंसिर २३ भरतपुरमा रहेको सि स्टार एजुकेशनल कन्सन्टेन्सीले कोरियन भाषाका कक्षाहरु धमाधम सञ्चालन गरेको छ । यस कन्सन्टेन्सीले विगत ९ वर्षदेखि कोरियन भाषाका कक्षाहरु सञ्चालन गर्दै आइरहेको हो । दक्षिण कोरिया सरकारले २०२४ मा १५ हजार ८ सय ४८ नेपाली कामदार लैजाने भएपछि कोरियन भाषामा नेपाली युवाहरुको आकर्षण बढेको र रोजगार अनुमति प्रणाली (ईपीएस) का […]

पूरा पढ्नुहोस्

यू-१९ एशिया कप : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

काठमाडौं, मंसिर २३ एसीसी यू-१९ एशिया कपको पहिलो खेलमा नेपाल शुक्रवार पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमीको दोस्रो मैदानमा नेपालले दिएको १५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमै ३ विकेटमात्र गुमाएर पार गर्‍यो।

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा सामान्य वर्षा र हल्का हिमपातको सम्भावना

काठमाडौं, मंसिर २३ देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी भेगको केही स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति […]

पूरा पढ्नुहोस्

रेमिट्यान्स ३० प्रतिशतले बढ्यो : नेपाल राष्ट्र बैंक

काठमाडौं, मंसिर २२ नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको जनाएको हो । विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको बैंकले दाबी गरेको छ । चालु […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौं, मंसिर २२ निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ। सरकारले राष्ट्रिय सभाका रिक्त हुने १९ सदस्य पदका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले शुक्रबार दल दर्ताको सूचना प्रकाशित गरेको हो। आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ता […]

पूरा पढ्नुहोस्

एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं, मंसिर २२ हाल कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। तराईका थोरै स्थानमा हुस्स र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको […]

पूरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, मंसिर २१ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ। नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ। आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो। […]

पूरा पढ्नुहोस्